श्रीन्यूज ओके रिपोर्टर। भैरहवा
नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा भैरहवामा सडक खाना महोत्सव (फुड फेस्टिवल) आयोजना हुने भएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको आयोजनामा चैत ३० गते बेलुकी ५ बजे देखि मध्यरात १२ सम्म नयाँ वर्ष २०८१ को स्वागत गर्दै सिद्धार्थ सडक खाना महोत्सव आयोजना हुने भएको हो ।
भैरहवाको सिद्धार्थ रंगशाला अघिको आँखा अस्पताल देखी खजहना सडक खण्डमा सडक खाना महोत्सव हुने भएको होटल तथा रेष्टुरेयट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेलले बताए । आयोजक संस्थाका अध्यक्ष पोखरेलले विगतको वर्षमा जस्तै यस वर्ष पनि नयाँ वर्षको पूर्व सन्ध्यामा सडक खाना महोत्सव (फुड फेस्टीबल) हुने र यस क्षेत्रका होटल रेष्टुरेन्ट, बिभिन्न जातजाति, समुदाय, संघसंस्थाका खानाका परिकारहरुको १०१ स्टल रहने बताए ।
‘‘भैरहवा र वरपर साथै यहाँका स्थानीय तह र छिमेकी भारतीयहरुको समेत उपस्थितीमा सडक खाना महोत्सवमा हुनेछ र विविध साँस्कृतिक कार्यक्रमले खाना महोत्सव थप आकर्षित बन्ने पोखरेलले बताए । ‘‘सडकमा खाँदै, सडकमा रमाउँदै नयाँ वर्षको स्वागत गर्ने हो ’’ उनले भने ।
सडक खाना महोत्सवले पर्यटन तथा अर्थतन्त्रलाई चलायमान बनाउने आयोजकको भनाई छ । सडक खाना महोत्सवको आयोजक होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रूपन्देही रहेको छ भने सिद्धार्थनगर नगरपालिका, लुम्बिनी प्रदेश पर्यटन परीषद कार्यालय लगायत संघ सस्थाको सहयोग सडक खाना महोत्सवमा रहने बताईएको छ ।
खाना महोत्सव सम्पन्न गर्न आयोजक संस्थाका अध्यक्ष राम प्रसाद पोखरेल को संयोजकत्वमा मूल परिचालन समिति उ बिभिन्न उपसमितिहरु गठन भएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.