• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, May 15, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

नेपाली भन्सार एजेन्टलाई जिम्मेवार बन्न आग्रह

Shree News Ok by Shree News Ok
२७ चैत्र २०८०, मंगलवार ११:३७
1 min read
57 1
56
SHARES
109
VIEWS

श्रीन्यूज ओके रिपोर्टर ।भैरहवा


आयात निर्यातमा मुख्य भूमिका रहेका भन्सार एजेन्टहरु अझ जिम्मेवार र पारदर्शी बन्नुपर्ने भन्सार सरोकार निकाय एवं संघसस्थाका प्रतिनिधीले बताएका छन् । सोमबार भेरहवामा आयोजित नेपाल भन्सार एजेन्ट संघ , रुपन्देहीको २५औं साधारण सभा तथा ११औं अधिबेशनका क्रममा उनिहरुले भन्सार प्रशासन र उद्योगी,व्यवसायीबीच पुलको भूमिका निभाउँदै आएका भन्सार एजेन्ट अझ मर्यादित र जिम्मेवार बन्दै पूर्ण रुपमा पारदर्शिता अपनाउनु पर्नेमा उनिहरुको जोड थियो ।

कतिपय भन्सार एजेन्ट क्षणिक स्वार्थमा परेर भारतीय बिचौलियालाई नेपालमैं पूर्णरुपमा भन्सार एजेन्टको काम सुम्पिँदा नेपाली भन्सार एजेन्टको छबिमाथि प्रश्न उठ्न थालेको र भन्सारको जाँचपास लगायतका एजेन्टले गर्नु पर्ने काममा जोखिम बढ्न थालेको र बिचौलियाका कारण सिंगो भन्सार एजेन्टहरु माथिनै प्रश्न चिन्ह बारम्बार उठने भएकाले जिम्मेवार भएर एजेन्टको भूमिका निर्वाह गर्नु पर्नेमा उनिहरुको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथी एवं रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले भन्सार ऐजेन्ट व्यवसायीमा देखिने गरेका सवै खालका बिकृति र बिसंगती अन्त्यको सुरुवात नेपाल भन्सार एजेन्ट संघ रुपन्देहीले गरेर नमुना बन्न आग्रह गरे । ‘भन्सार जाँचपास गराउँदा हुने गरेका विभिन्न खालका बेथितिलाई यथास्थितिमैं राख्ने की पूर्णरुपमा पारदर्शिता अपनाएर परिवर्तन गर्ने भन्ने साथै ‘रुपन्देहीका भन्सार एजेन्टहरु जाँचपास तथा अन्य भन्सार सम्बन्धिका काममा भन्सार कर्मचारी र सुरक्षा कर्मचारीसंग मिलोमतो नगरि पूणरुपर्मा पारदर्शी भएर काम गर्छन् भन्ने सन्देशको सुरुवात देशभरी हामी यही रुपन्देही बाटै गरौं, उनले भने।

नेपाल भन्सार एजेन्ट महासंघका केन्द्रिय अध्यक्ष भरतराज घिमिरेले हामी आप्mनै कारणले गर्दा नेपाली भन्सार एजेन्टको कामहरु अहिले भारतीय बिचौलिया र ट्रान्सपोर्ट कम्पनीहरुले गर्न थालेको सुन्दा नराम्रो लाग्ने जनाए । ‘भन्सार प्रशासनिक कार्य सम्पादनका लागि हामी आफ्नो कम्पनीको कागजात र एजेन्टको सही र दस्तखत उनीहरुलाई दिन्छौं ।’ तर, कुनै पनि नेपालका भन्सार एजेन्टहरुलाई भारतीय भन्सारमा यसरी काम गर्ने छुट वा अवसर छैन, यस्ले हामी कति गैर जिम्मेवार छौ भन्ने प्रस्ट हुन्छ उन्ले भने ।

भारतीय भन्सार एजेन्टले नेपाली भन्सार एजेन्टबाट काम गरेवापत सम्बन्धित एजेन्टलाई पैसा दिने र त्यस्ता नेपाली एजेन्ट बसीबसी आफ्नो हस्ताक्षर गरे वापत पैसा आउने स्वार्थले गर्दा नेपालको भन्सार प्रशासनिक कार्यमा भारतीय बिचौलिया हावी हँुदै जान थालेको घिमिरेको भनाई थियो । यस्तो काम बढदै जादा हाम्रा एजेन्ट साथीहरु काम बिहीन भैरहेका छन्, ‘तपाईंहरु आफ्नो शिर ठाडो पार्न सक्ने गरि काम गर्नुस्, महासंघ तपाईंहरुको साथमा छ’,घिमिरेले भने । ‘कसैसँग झुक्नु पर्दैन, आर्थिक ऐन हेरेर काम गर्नुस्, कुनै पनि भन्सार कर्मचारीले तपाईंको काम भएन भन्दा तपाईंले सहजै प्रतिवाद गर्ने क्षमता राख्नुस् ’ घिमिरेले भने ।

।भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले भन्सार प्रशासन सम्बन्धि गरिने अधिकांश कार्यशैली प्रति आम मानिसको धारणा सकारात्मक नरहेकाले यस खालको सोंंचाइमा परिवर्तन ल्याउन भन्सार एजेन्ट व्यवसायीको पनि महत्वपूर्ण भूमिका हुने बताए । ‘भन्सार प्रशासनको कार्यलाई विवादरहित बनाउनका लागि सहकार्य गर्न हामी तयार छौं’, गौतमले भने, ‘भन्सार प्रशासनमा सुधार ल्याउनका लागि अपनाउनु पर्ने नीतिका लागि नेपाल भन्सार एजेन्ट महासंघले अध्ययन गरेर निचोड निकालोस् ।’

सिद्धार्थनगरका नगर प्रमुख इश्तियाक अहमद खानले देशका लागि अप्ठेरो र असहज परिस्थिति आउँदा भैरहवा भन्सार नाका लाइफलाइनको रुपमा प्रयोग हुने गरेको बताउदै आयात निर्यातमा सहज हुने गरी काम गर्न आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालका केन्द्रीय अध्यक्ष भोलानाथ अर्याल, नेपाल उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलम, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, चेम्बर उद्योग ब्यापार संगठन रुपन्देही का अध्यक्ष दर्पण श्रेष्ठ, भारत–नेपाल मैत्री समाजका अध्यक्ष अनिल गुप्ता लगायतले मन्तब्य राख्दै भन्सार एजेन्टहरुले निर्वाह गर्नु पर्ने जिम्मेवारीको चर्चा गरेका थिए ।

कार्यक्रममा विभिन्न व्यक्तिकासाथमा भैरहवा क्षेत्रमा कार्यरत पत्रकार शशि पन्थी र भारत–नेपाल मैत्री समाजका अध्यक्ष अनिल गुप्ता, नेपाल भन्सार एजेन्ट रुपन्देहीका पुर्ब अध्यक्ष डा. शान्त कुमार शर्मा लगायतलाई सम्मान गरीएको थियो ।

पत्रकार पन्थीलाई समाचारको क्षेत्रबाट योगदान पुर्याएको भन्दै र गुप्तालाई भारतीय नागरिक भएर पनि भारतीय सरकार तथा कर्मचारीका कारण नेपाललाई अप्ठेरो र असहज परिस्थिति आएको वेलामा नेपाललाई सहयोग गरेको भन्दै सम्मान गरिएको हो । भारतले नाकाबन्दी गरेको बेलामा दैनिक उपभोग्य तथा अत्यावश्यक सामाग्रीको निर्यातमा अवरोध गर्ने भारत सुनौलीका केही कार्यालय र कर्मचारीबिरुद्ध गुप्ताले नेपाल–भारत बिचको व्यापार सम्झौता बिपरित भन्दै तत्कालिन समयमा भारतीय अदालतमा रिट निबेदन हालेका थिए ।

 

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?