श्रीन्यूज ओके रिपोर्टर । भैरहवा
नेपाल भन्सार एजेन्ट संघ रुपन्देहीको २५ औं साधारण सभा तथा ११ औं अधिवेशनले पुनः मधु प्रसाद पन्थीलाई अध्यक्षमा निर्बिरोध निर्वाचित गरेको छ । पन्थी २०७७–२०८० कार्यकालमा पनि अध्यक्ष रहेका थिए । अधिवेशनले पन्थीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको निर्वाचन संयोजक कमल रायमाझीले जानकारी दिए । रायमाझीका अनुसार सस्थाको वरिष्ठ उपाध्यक्षमा हिरालाल धोवी, प्रथम उपाध्यक्षमा ओम प्रकाश गिरी, द्वितीय उपाध्यक्षमा सत्य नारायण चौधरी, तृतीय उपाध्यक्षमा वाके प्रसाद मेडीहार, महासचिवमा विष्णु प्रसाद भुसाल, कोषाध्यक्षमा प्रकाश पौडेल र सचिव गोविन्द रेग्मी निर्वाचित भएका छन् ।
त्यस्तै अधिवेशनले कार्यसमिति सदस्यहरुमा जिवलाल भण्डारी, विपिन पराजुली, रुक्मागंत खनाल, सीता सापकोटा, अशोक वर्मा, हिमा कुमारी शर्मा, सुमन पन्थ र राम प्रसाद आचायलाई पनि निर्बिरोध चयन गरेको छ ।
रुपन्देहीका प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले उद्घाटन गरेको २५ औं साधारण सभा तथा ११ औं अधिवेशन एकता अधिवेशन समेत थियो । भन्सार एजेन्टका रुपमा कार्य गर्दै आएको राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल संग नेपाल भन्सार एजेन्ट संघ रुपन्देहीको एकता भएको हो । एकता अधिवेशनले दुबै सस्थाको प्रतिनिधित्व रहने गरी २०८०–२०८३का लागि अध्यक्ष लगायत सबै पदमा निर्विरोध निर्वाचित गरेको हो ।
नव निर्वाचित अध्यक्ष पन्थीले आयात एवं निर्वाचनमा भन्सार एजेन्टको महत्वपुर्ण भूमिका भएको र पारदर्शि तरीकाले आयात निर्यातका कार्य दैनिक रुपमा सम्पन्न गरी राज्यलाई बढीभन्दा बढी राजस्व उठाउन मद्धत गर्ने थप जिम्मेवारी आप्mनो समुहलाई आएको जनाए । भन्सार प्रशासन र आयात निर्यातकर्ता व्यवसायी बिचका हामी सेतु हौ, आयात निर्यातमा देखिएका समस्यालाई सरलिकरण गर्न पहल समेत गर्नेछौ, नव अध्यक्ष पन्थीले भने ।
Get real time update about this post categories directly on your device, subscribe now.