श्रीन्यूज ओके रिपोर्टर। भैरहवा
सामान्यतया तारे होटलमा खाजा खान निकै महँगो हुने अनुमान सबैको हुन्छ । त्यो पनि चार तारे होटलमा । महँगो अनुमान स्वाभाविक पनि हो। तर भैरहवामा रहेको चार तारे नान्स होटलले ग्राहकले सोचेभन्दा निकै कम मूल्यमा नेवारी खाजा सेट उपलब्ध गराउने सेवा सुरु गरेको छ।
होटलको पछाडि पट्टी स्विमिंगपुल साइडमा कुची भ्वयु रेष्ट्रो सञ्चालनमा आएको छ । जहाँ ३५० रुपैयाँमै नेवारी खाजा सेट पाइन्छ । कुची भ्वयमा प्राय बफ आइटमहरू पाइन्छ । नेवा खाजा सेटमा बफ नखानेका लागि भने बफको सट्टा चिकेन दिइने गरिन्छ ।
नेवारी खाजाका पारखीहरू पछिल्लो समय बढी रहेका छन् । तर सबै ठाउँमा खाजा सेटनै पाइँदैन, त्यसैले नेवारी खाजाको पनि संरक्षण हुने र स्थानीयसँगै होटलमा आउने बाह्य तथा आन्तरिक पर्यटकहरूलाई सस्तोमा गुणस्तरीय नेवारी खाजाको सहज उपलब्धता होस भनेर एकदमै सस्तोमा नेवा खाजा सेटको व्यवस्था गरिएको नान्स होटलका प्रबन्ध निर्देशक चन्द्र प्रकाश श्रेष्ठले बताए ।
अन्यत्र छोयला, सुकुटी पाइएला तर सबै ठाउँमा बारा, चटामरीलगायतका नेवारी परीकार पाइँदैन । त्यसैले हामीले नेवारी खाजाको संरक्षण पनि हुने र होटलमा आउने ग्राहकले नौलो स्वाद पनि पाउने भएकाले कुची भ्वयमा नेवा खाजाको सुरु गरेको श्रेष्ठले बताए ।
ठूलो र तारे होटलको रेस्टुरेन्ट भनेपछि सामान्य मानिसहरू खानपिन एकदमै महँगो हुन्छ भनेर आउन चाहदैनन् । सर्वसाधारणको पहुँच तारे होटलमा पनि होस भनेर कुची भ्वय सञ्चालनमा ल्याएको श्रेष्ठको भनाइ छ।
कुची भ्वयमा पाइने ३५० रुपैयाँको खाजा सेट एक जनाको लागी बढी नै छ । खाजा सेटमा बफ छोयला, बफ सुकुटी, बोडीको गेडाको तरकारी, साग, मुलाको अचार, बजी(चिउरा),, लसुन भटमास, अन्डा रोटी( मसाला अमलेट)र बारा रहेका छन् ।
नान्सको कुचि भ्वयमा पाईने ३५० रुपैयाको खाजा सेट एक जनाको लागी बढीनै छ । खाजा सेटमा ८ थरीका परीकारहरु बफ छोयला, बफ सुकुटी, बोडीकोगेडाको तरकारी,साग,मुलाको अचार, बजि(चिउरा), लसुनभटमास, अन्डा रोटी(अमलेट) र बारा हुन्छ । बफ नखानेलाई भने बिकल्पका रुपमा चिकन छोयला दिने गरीएको छ ।
नान्सको कुचि भ्वय रेष्ट्रोमा नेवा खाजा सेट ३५० रुपैयामा मात्र होईन अन्य नेवारी परीकारहरु पनि ५० रुपैया देखि चटामरी, घिन्टी(बफ ससेज),मारी, बफ चाउमिन, बफ मोमो, भटमास साधेको, टिमुर आलु, चुकाउनी, आलु पिरो, आलु चप, हास छोयला, माछा तारेको, बफ भुटुवा, बफ सेकुवा, बफ तास, टिम्मुर चिकेन, चिकेन मोमो लगायत बिभिन्न नेवारी परिकार उपलब्ध रहेको होटलका महाप्रबन्धक सुनिल श्रेष्ठले बताए ।
चार तारे होटलमा ३ सय ५० रुपैयामै नेवा खाजा सेट उपलब्ध गराउदा होटलको ख्यातीमा प्रश्न उठदैन भन्दा प्रबन्ध निर्देशक सिपी श्रेष्ठले होटल व्यवस्थापनको बजार रणनिति हो, अहिलेको अवस्थामा समय अनुसार चल्नु पर्छ, देश बिदेशका तारे होटलहरुले पनि निकै कम मुल्यमा रुम बेचेको समाचारहरु हामीले पढेकै छौनी भन्छन् । नेपालका तारे होटलमा सबैभन्दा सस्तो मा गुणस्तरीय नेवारी खाजा हामीकहा नै पहिलो पटक हो संभवत, श्रेष्ठले भने ।
सन् २०१०मा रुपन्देहीकै पहिलो तिन तारे होटलका रुपमा स्थापित नान्स होटलले कोठाहरु थप गरी रिन्नोभेसन समेत गरेपछि २ वर्ष अघि चार तारे होटलमा पर्यटन बिभागमा सुचिकृत छ । होटलमा क्यासिनो समेत सञ्चालनमा रहेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.