श्रीन्यूजओके रिपोर्टर । भैरहवा
नयाँ बर्ष २०८१को पुर्व सन्ध्यामा आयोजना हुने कार्यक्रम र नयाँ बर्ष र त्यसपछीका केही दिनका लागि भैरहवा क्षेत्रका ठुला तारे होटेलहरुले आन्तरिक एव बाह्य पर्यटकहरु लाई लक्षित गरि छुट सहित का अफरहरु ल्याइरहेका छ्न ।
तारे होटलहरुले खास गरि होटल बसाइँमा साथै त्यहा आयोजना हुने नव बर्ष विशेष कार्यक्रम हरुमा आयोजना हुने गाला डिनर, म्युजिकल इभेन्ट सहित विभिन्न कार्यक्रममा आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्न छुट सहितका अफर हरु ल्याएको सिद्धार्थ होटल संघ (सान) नेपाल भैरहवाका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ(सिपि)ले बताए ।
भैरहवा क्षेत्रमा रहेका पाच तारे होटलहरु सिद्धार्थ भिलाषा,टाइगर प्यालेस रिसोर्ट, पवन प्यालेस लुम्बिनी, चार तारे होटलहरु नान्स होटल , मौर्य होटल, एसियन बुद्ध होटल, निर्भाना होटल, बोधी रेडसन,गौतमबुद्ध एअरपोर्ट होटल,ल्याण्डमार्क भैरहवा लगायतका होटल हरुले आकर्षक अफरहरु आफ्ना ग्राहकहरुका लागि सार्वजनिक गरेका हुन ।
सिद्धार्थ भिलाषाले न्यू इएर इभ का लागि प्रती ब्यक्ति २५ सय रुपैयाँमा बुफेट डिनर, अनलिमिटेड स्न्याक्स र फुड, रिफ्रेसिङ ड्रीन्क्स, फायर वर्क्स पाइने होटलका अपरेसन म्यानेजर लक्ष्मण थापाले बताए । त्यसै गरि कोठाको चार्जमा पनि सहुलियत राखिएको थापाले जनाए । सास्क्रीतिक कार्यक्रम मा बिजय अधिकारी लगायतको प्रस्तुती एव डिजे रहने र प्रवेश निशुल्क रहेको जनाइएको छ।
उता नेपालकै चर्चित पाचतारे टाइगर प्यालेसले प्रती ब्यक्ती ३५ सयमा गाला डिनर, साथै कम्प्लिमेन्ट्रीमा मकटेल, ककटेल उपलब्ध रहेको जनाएको छ ।भने होटलमा बस्न चाहनेका लागि सिङल अकुपेन्सि१३ हजार रुपैया र डबल अकुपेन्सी १६ हजार पाच सयमा गाला डिनर र ब्रेकफास्ट सहित उपलब्ध गराएको छ भने चर्चित हास्य कलाकार भरतमणी, डिजे हबिबि को विशेष प्रस्तुती रहने जनाएको छ।
उता भैरहवाको नान्स होटलले ६५ सय रुपैयाँमा डबल अकुपेन्सिमा कोठा उपलबध गराएको छ भने खानाहरुमा १० प्रतिशत छुट ल्याएको छ । त्यसै गरि यमन ब्यान्डको विशेष प्रस्तुति हुने र पुल साइडमा नेवा खाजा परिकार एकदमै सस्तोमा उपलब्ध गराइने होटलका प्रबन्धक सुनिल श्रेष्ठले जनाए ।
उता मौर्य,बोधी रेडसन होटल, गौतमबुद्ध एअरपोर्ट होटल,ल्याण्डमार्क भैरहवा, पौवालगायतले नवबर्षमा अफर ल्याएका छ्न। उनिहरुले पनि रुम चार्जमा छुट सहितका बिभिन्न अफरहरु ल्याएका छन् ।
उता बुद्ध जन्मस्थल लुम्बिनी , बुटवल, तिलोत्तमाको होटलहरुले पनि नयाँ बर्षको अवसरमा विभिन्न योजनाहरु ल्याएकाछ्न। नव बर्षको अघिल्लो दिन र त्यसपछीको एकहप्तासम्म होटल, पर्यटन ब्यवसाय फसटाउने ब्यवसायीहरुले बताएका छ्न ।
Get real time update about this post categories directly on your device, subscribe now.