श्रीन्यूजओके रिपोर्टर । भैरहवा
खुल्ला सिमानाको फाइदा उठाउँदै अवैध ब्यापार गरिरहेका विरुद्ध रूपन्देहीका सुरक्षा निकायहरू पछिल्लो समय खरो रुपमा प्रस्तुत हुदा दैनिक जसो तस्करी गरी ल्याइएका खाद्य बस्तु लगायतका सामग्रीहरू नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देही भैरहवा र त्यस मातहत रहेका जिल्लाका बिभिन्न स्थानमा रहेका इलाका प्रहरी कार्यालय एवं चौकीहरूले दैनिकरूपमा अवैध रुपमा नेपाल भित्रयाउदै गरेका सामानहरू नियन्त्रणमा लियै भन्सार चलान गरिरहेको छ ।
उता सशस्त्र प्रहरीले पनि रूपन्देहीमा आफ्नो सकृयता बढाउदै भन्सार छल गरिल्याई सामानहरू धमाधम नियन्त्रणमा लिई आवश्यक कारबाही सुरु गरेको छ । कार्यालयले ४ दिन भित्रमा २० टन ६५० किलो चिनी र प्याज नियन्त्रणमा लिई भन्सार चलान गरेको सशस्त्र प्रहरी बल, नेपाल नं। २७ गण हेड क्वाटर रूपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपी मोहन न्यौपानेले बताए । न्यौपानेको कमान्डमा रहेको सीमा अनुगमन टोलीले बिहीबार बिहान साढे ९ बजे भैरहवाको गल्लामण्डी क्षेत्रबाट १० टन २५० किलो चिनी बरामद गरेको हो ।
‘विशेष सूचनाको आधारमा भारतबाट अवैध रुपमा चिनी नेपाल ल्याइ रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित चिनी मिल क्षेत्रमा भण्डारण गरी नेपाली चिनी मिलहरूको बोरामा प्याकिङ गरी सिलाइरहेको अवस्थामा चिनी बरामद गरिएको हो, ’डीएसपी न्यौपानेले भने । डीएसपी न्यौपानेका अनुसार भण्डारण गरिएको स्थानमा सुरक्षा टोलीलाई देखेपछि त्यहा कार्यरत मानिसहरू गोदाम छाडेर भागेका थिए । गोदाममा रहेको १० टन २ सय ५० केजी चिनी र १ थान बोरा सिलाउने मेसिन भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाइएको न्यौपानेले बताए ।
सशस्त्र प्रहरी बल, नेपाल नं २७ गण हेड क्वाटर रूपन्देहीका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक एसपी आनन्द थापा मगरको कमान्डमा खटिएको सीमा अनुगमन टोलीले बैशाख १० गते १० टन ४ सय के।जी। प्याज बरामद गरेको थियो । सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित दोगहरा क्षेत्रमा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याएर बाँसको छाप्रोमा भण्डारण गरिएको राखिएको अवस्थामा सो प्याज बरामद भएको र प्याजलाई ग १ ख ९२२६ नम्बरको टाटा आईसर ट्रकमा लोड गरी अन्यत्र ढुवानी गर्न लागेको अवस्थामा नियन्त्रणमा लिएका हौ, सशस्त्र प्रहरी उपरीक्षक एसपी आनन्द थापाले भने । सबै सामानहरू भैरहवा भन्सार कार्यालयमा पठाइएको छ । भन्सार कार्यालयले आवश्यक प्रकृया पुरा गरी लिलामी गर्दछ ।
भारतले प्याज निकासी नेपालका लागी रोक लगाउँदा तस्करहरूले बोरामा ल्याएर भण्डारण गरिरहेको पाइएको छ । यस अघि रूपन्देही प्रहरीले पनि ठुलो परिमाणमा प्याज नियन्त्रणमा लिएको थियो । बजार भरी भन्सार छलिका प्याज बिक्रीका लागि रहेका छन् । तर पनि बजार अनुगमन गर्ने राजस्व कार्यालय, वाणिज्य कार्यालयले बजारमा गई अनुगमन गरी प्याज आयातका बिल बिजक माग गरे बिल बिजक समेत नक्कली फेला पर्ने एक व्यवसायीले बताए । तस्करीका सामान व्यवसायीले खरीद गरी बिक्रीका लागी राखिदिँदा समस्या बढेको हो, भान्छा भान्छामा भन्सार छलिका प्याज रहेको छ । रूपन्देही प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रन्जित सिंह राठौरले अवैध कारोबारीहरू कसैलाई पनि नछाडिने र त्यस्ताले ल्याएका सामान खरीद नगर्न व्यवसायीलाई प्रहरी उपरीक्षक राठौरले आग्रह समेत गरेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.