श्रीन्यूज ओके रिपोर्टर । भैरहवा
एपमा आधारित राइड सेयरिङ सेवा काठमाण्डौ उपत्यकामा विगत ६ महिना देखि प्रदान गर्दै आएको इ–ड्राइभ नेपालले लुम्बिनी प्रदेशमा पहिलो पटक भैरहवा – बुटवलमा बुधवारबाट यो सेवा सञ्चालनमा ल्याएको छ । इ–ड्राइभ नेपालले इ–ड्राइभ लुम्बिनीको सहकार्यमा राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको इ–ड्राइभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले बताए ।
अब रूपन्देहीमा कुनै पनि यात्रुले इ–ड्राइभ नेपालको एप मार्फत अनलाइनबाट आफूलाई आवश्यक सवारी साधनको बुक गरि गन्तव्यमा पुग्न सक्नेछन् । यो सेवा बाट दुई पाङ्ग्रे सवारी मोटरसाइकल र चारपाङ्ग्रे कारहरूको सुविधा उपलब्ध हुने अध्यक्ष गुप्ताले बताए । यो सेवा काठमाडौं उपत्यकामा उपत्यका बाहिर पहिलो पटक यहाँबाट सुरु भएको हो । यप मार्फत २४ घण्टानै सर्वसाधारणलाई कुनै पनि बेला गन्तव्यमा पुग्न सहज हुने विश्वास रहेको गुप्ताले जनाए ।
पहिलो चरणमा कार, मोटरसाइकल, स्कुटर जस्ता सवारी एपमा आबद्ध रही सञ्चालनमा ल्याइएको हो । अहिले सम्म १ हजार बढी २ पांग्रे सवारी आबद्ध भैसकेको र ‘निकट भविष्यमै विद्युतीय टेम्पो र एम्बुलेन्स पनि सञ्चालन गर्ने योजना कम्पनिको रहेको अध्यक्ष गुप्ताले भने । ‘एपमा आबद्ध सवारी प्रयोग गर्दा शुल्क एपमै तोकिएकाले यात्रु ठगिने, यात्रा असुरक्षित हुने जस्ता समस्या हुनेछैन, इ–ड्राइभमा आबद्ध सवारी प्रयोग गर्दा यात्रुको जोमिखलाई हेरेर बीमा गरिएको छ भने सुरक्षालाई दृष्टिगत गरी मनिटरिङको व्यवस्था समेत मिलाइएको छ, गुप्ताले भने ।
सेवा सुरुसँगै कुनै गन्तव्यमा जानु परेमा सर्वसाधारणले इ–ड्राइभको एपमार्फत सवारीसाधन बुक गरी तोकिएको शुल्क तिरेर गन्तव्यमा पुग्न सक्ने इ–ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले बताए । ‘हामीले निकै सरल तरिकाले एप सञ्चालनमा ल्याएका छौं’, उनले भने, ‘यहाँहरूले एपमार्फत चौबीसै घण्टा सेवा लिन सक्नुहुनेछ ।’ अब युवाहरूले साँझ, बिहान र दिउँसोमा पठनपाठन गरेर फुर्सदको समयमा राइड सेयरिङ गरी स्वरोजगार बन्न सक्नेछन् , मास्केले भने । कम्पनीले वातावरणलाई मध्यनजर गर्दै पहिलो चरणमा ५ वटा आफ्नै विद्युतीय कार समेत सञ्चालनमा ल्याएको छ, यी कारहरू पनि एप मार्फतनै सञ्चालन हुने मास्केले जनाए ।
दुर्घटनाको जोखिमलाई ध्यान दिएर ड्राइभ सुविधा लिने चालक र सेवाग्राही दुवैको ७ लाख बराबरको बीमा र ७० हजार बराबरको उपचार खर्चको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । १० जना युवाहरूको पहलमा पहिलोपटक लुम्बिनी उक्त सेवा सुरु गरिएको हो । यसले सयौँ युवालाई स्वरोजगार बन्न टेवा पुर्याएको छ ।
मुख्य मन्त्री द्धारा सेवा सुरु
इ–ड्राइभको सेवा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बुधबार बुटवलबाट गरे । सेवा सुरु गर्दै उनले भने, प्रविधिको प्रयोग अहिलेको मुख्य आवश्यकता हो , प्रबिधीलाई पछ्याउदै जानु पर्छ, पुराना प्रबिधीहरु हराउँदै जादा त्यसलाई नया प्रबिधीले रिप्लेस गर्ने उनको भनाई थियो । आम नागरिकलाई सरल, सहज र विश्वसनीय सेवा दिन यो सेवा सफल हुने आफूले विश्वास लिएको जनाए । उन्ले माग अनुसार आपुर्तिको सिद्धान्त अर्थशास्त्रमा भए पनि कम मुनाफा लिएर सेवा दिन सञ्चालकलाई आग्रह गर्दै नवप्रवर्तक कार्यका लागी प्रदेश सरकार जहिले पनि साथ रहने मुख्य मन्त्रीको भनाई थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका जनसम्पर्क अधिकृत बुद्धि जिसी, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले नयाँ सोच रहेको यो कार्यक्रमले सबैको मन जित्न सक्ने बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.