• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Wednesday, May 14, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

बुटवलका ११ वटा ट्राभल एजेन्सी कारबाहीमा

Shree News Ok by Shree News Ok
२१ बैशाख २०८१, शुक्रबार ०८:१४
1 min read
66 0
64
SHARES
125
VIEWS

श्रीन्यूज ओके रिपोर्टर ।भैरहवा


बिना अनुमति पर्यटन सेवा सम्बन्धि सेवा दिँदै आएको रुपन्देहीका ११ वटा ट्राभल एजेन्सी कारबाहीमा परेका छन् । जिल्ला अनुगमन भैरहवाको अनुगमन समिति टोलीले रुपन्देहीको बुटवलमा सञ्चालित ११ वटा ट्राभल एजेन्सीलाई नगद जरिवानासहित कारवाही गरेको हो। ती संस्थाले दर्ता, नविकरण र शाखा सञ्चालन अनुमति नलिएको अनुगमनका क्रममा पाइएपछि कारबाही गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समिति संयोजक रामचन्द्र अर्यालले बताए।

बिहीबार समितिले बुटवल उपमहानगरपालिका(९ मा रहेका १४ वटा ट्राभल एजेन्सी अनुगमन गरेको थियो । जसमध्ये ३ वटाले संस्था सञ्चालनको प्रक्रिया पूरा गरेपनि बाँकी ११ वटा भने मापदण्डअनुसार नपाइएपछि जरिवानासहित कारबाही गरिएको अर्यालले बताए ।

कारबाहीमा परेका ट्राभल एजेन्सीहरु दर्ता बिनै सञ्चालन गरिएको, कपिलवस्तु र रुपन्देहीका विभिन्न ठाउँमा प्रधान कार्यालय खोलेर शाखा सञ्चालन गरिए पनि अनुमति नलिएको, नविकरण नगरी सञ्चालन गरिएको अनुगमन समितिको दावी छ ।

समितिले सरकारी निकायबाट लिनुपर्ने इजाजतपत्र नलिई सञ्चालनमा रहेका ११ वटै ट्राभलएजेन्सीलाई कारवाही स्वरुप जनही २० हजारका दरले दुई लाख २० हजार जरिवाना तिराएको पर्यटन डिभिजन कार्यालय रुपन्देही प्रमुख गीता आचार्यले बताइन् । अधिकांश एजेन्सीले भारतका विभिन्न स्थानमा बस सेवा सञ्चालन गर्ने गरेका छन् । ुप्रदेश पर्यटन ऐन, २०७६ तथा नियमावली, २०७९ को परिच्छेद ३ को दफा ११ मा ट्राभल एजेन्सी वा ट्रेकिङ एजेन्सी खोल्नुपूर्व अनुमति लिनपर्ने व्यवस्था छ । अनुमति बिनै सञ्चालनमा ल्याए २० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । यही व्यवस्थाका आधारमा दर्ताबिनै सञ्चालनमा रहेका र नविकरण नगरेका ट्राभल एजेन्सीलाई जरिवानासहित कारवाही गरिएको होु आचार्यले भनिन् ।
उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (टं)ले जिल्ला प्रशासनलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था छ। तर, अहिले बजारको सुस्ताएको आर्थिक अवस्था हेरेर प्रदेश पर्यटन ऐन अनुसार कारबाही गरिएको हो।

अनुगमन गरिएका ट्राभललाई तत्काल बन्द गर्न लगाई सबै निकायबाट इजाजत लिएपछि मात्रै सञ्चालन गर्न निर्देशन गरिएको छ । कारबाहीमा परेका ट्राभलको पुनः अनुगमन गरिने आचार्यले बताइन् । उनका अनुसार मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको भन्दै कार्यालयमा ट्राभलबारे जनमानसबाट गुनासो आउने गरेका छन् । त्यस्ता गुनासा कार्यालयले सम्बोधन गरी मापदण्ड पालना नगर्ने व्यवसायीलाई कारबाही गर्दै आएको छ।
अनुगमनका क्रममा धेरै शाखा सञ्चालनको अनुमतीबिना र केही ट्राभल नविकरणबिनै सञ्चालन गरेको पाइएपछि त्यस्ता ट्राभल एजेन्सीलाई एक महिनाभित्र आवश्यक सबै निकायमा दर्ता र नविकरण गरी जिल्ला प्रशासन वा पर्यटन डिभिजन कार्यालयमा जानकारी गराउन निर्देशन दिइएको छ।
समितिले गत चैतमा भैरहवाका १६ वटा ट्राभलको अनुगमन गरी ३ वटालाई कारबाही गरेको थियो । खासगरी दर्ताविनै सञ्चालित ट्राभलले सर्वसाधरणलाई ठग्ने गरेको गुनासा आउने गरेका छन् । यसबारे कानुन अनुसार सञ्चालित ट्राभलले पनि गुनासो गर्दै आएका छन् ।
पछिल्लो समय अनुगमन समितिले ट्राभललाई कडाई गर्दै आएको छ । जिल्लामा दर्तावाला ट्राभल २५० को हाराहारीमा छन् । तर, त्यसमध्ये एक सयको हाराहारीमा रहेका ट्राभलले नविकरण नै गरेका छैनन् ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?