मनोरञ्जन शर्मा
भैरहवा–हिन्दुहरुको दोश्रो ठुलो पर्व तिहार भैसकेको छ । तिहारलाई उज्यालो पर्वको रुपमा लिईने हुदा दिपावलि पनि भन्ने गरीन्छ । तिहारमा माटोको पालामा बत्ति बाल्ने पुरानो चलन अझै पनि कायमै छ ।
यद्यपी माटोको पालामा तेलबत्ति बाल्ने प्रचलनलाई आधुकिता संगै आएको बिद्युतिय बत्तिले केही रुपमा प्रभाब पारे पनि पालामा बत्ति बाल्ने यो चलन जिबितै छ ।
अन्य समय भन्दा तिहारका समयमा अत्यधिक बिक्री हुने पाला बनाउने जातिलाई अहिले भ्याई नभ्याई छ ।
रुपन्देहीको रोहीणी गाउँपालिका वडा नम्बर ३ धकधईका करीब ३० कोहार जातिका परीवारलाई अहिले तिहारमा बत्ति बाल्ने पाला बनाउने हतारो छ । बाबु बाजेको पाला देखि बनाउदै आएको माटोको पाला बनाउने लगायत अन्य सामग्री बनाउने उनिहरु अहिले तिहारमा पाला बनाउन बढी ब्यस्त छन् ।
४५ वर्षिय बैजनाथ कोहारको यस वर्षको तिहारमा साना ठुला गरी ५० हजार पाला बिक्री गर्ने लक्ष्य छ । उनि भन्छन्, अन्य समय भन्दा अहिले बढी ब्यस्त छौ, दुई महिना देखिनै लागेका छम, यो सिजन हो हाम्रो लागि । उन्का ३ पुस्ता देखिको यो पेशलाई उन्ले पनि निरन्तरता दिदै आएका छन्।
२०५५ सालदेखि उन्ले निरन्तर माटोको पाला लगायतका अन्य सामग्री बनाउदै आएका छन् । सामान बनाएर बिक्री गर्न त्यति गाह्रो नभएको उनि भन्छन् । पहिला पोखरा सम्म पाला लगायतका सामान जान्थ्यो, अहिले यही स्थानिय बजार भैरहवा,बुटवल, मणिग्राम, परासी लगायतबाट ब्यापारी आएर लैजान्छन बिक्रीका लागि, बैजनाथले भने । मेहनत बढी छ, कमाई कम छ, तर खुसी छौ, यही पाला बनाएर जिबिकोपार्जन भएको छ ।
तर पेशा बचाउन र निरन्तरताको लागी सरकारबाट अहिले सम्म कुनै सहयोग नभएको दुखेसो उनको छ । कम्तिमा बिद्युत मोटरबाट चल्ने एउटा चक्की सहयोग भए पनि राम्रो हुने थियो, उनि भन्छन्।
सोही गाउँका मनोहर प्रसाद कोहारले पाला बनाई बिक्री गर्न लागेको २५ वर्ष भयो । उन्लाई सानो पाला सय कडा ५ रुपैया र ठुलो पाला २५ पैसा प्रति गोटामा बिक्री गरेको स्मरण छ । अहिले सानो पाला ३० रुपैयाँ दर्जन र ठुलो पालाको मुल्य १० रुपैया गोटा पुगेको छ । अहिले उन्लाई तिहारका लागी पाला बनाउन भ्याई नभ्याई छ ।
बनाएका पाला लगायतका सामान खरीद गर्न घरमै व्यवसायी आउछन, भैरहवा,बुटवल सहित पोखरा, पाल्पा सम्म आफुले बनाएको माटोको पाला लगायतका सामान पुग्ने उन्को भनाई छ । तिहारको समयमा पहिला जस्तौ बिक्री हुने उन्को भनाई छ । पालामा बत्ति बाल्ने प्रचलन अझै कायमै छ, उनले भने। यो पेशाबाट ५ जनाको परीवारको गुजारा चलेको छ, मनोहर प्रसादले भने । यस पटकको तिहारमा ८० हजार रुपैया भन्दा बढीको पाला बिक्री गर्ने लक्ष्य उन्को छ । उन्ले यो पेशा अघि बढाउन स्थानिय तहबाट कुनै किसीमको सहयोग, तालिम प्राप्त नहुदा नयाँ पुस्तामा पेशा हस्तान्तरणमा समस्या रहेको बताए ।
सोही गाउँका मोहन कोहारले ६ वर्ष देखि पाला बनाई बिक्री गर्दै आएका छन् । यो पेशाले ४ जनाको परीवार पाल्दै आएका मोहनले माटो, दाउरा लगायत नपाइने समस्या रहेको बताए । तिहारमा अत्यधिक बिक्री हुने पाला बनाउन उनि अहिले व्यस्त छन् ।परासी, बुटवल, भैरहवा, खैरेनी र स्थानिय बजारमा पालाको माग रहेको उन्को भनाई छ ।
रुपन्देहीको धकधईमा यो परम्परागत पेशा गर्दै आएका करीब ३० परीवार रहेका छन् । परम्परागत पेशा लाई संरक्षण गर्ने स्थानिय सरकारको भने कुनै योजना देखिएन् ।
पाला लगायतका माटाका अन्य सामान बनाउन प्रयोग हुने माटो एक ट्रालिको ३ हजार रुपैया सँम्म पर्दछ भने दाउरा पनि अभाब छ ।
माटोका पाला लगायतका अन्य सामान बनाउने पेशामा आश्रीत उनिहरुले आफुहरुलाई बजार भन्दा पनि माटोको बस्तु बनाउने परम्परागत चक्की को साटो बिद्युतिय मोटर र माटोमा अनुदान र तालिम प्रदान गरे यो पेशा सुरक्षित हुने र पुस्तामा हस्तान्तरण गर्न सकिने राम कृष्ण कोहार बताउछन् ।
रोहीणी गाउँपालिकाका अध्यक्ष बिद्या प्रसाद यादबले अबको बार्षिक कार्ययोजनामा यो बिषयमा ध्यान दिई पेशा संरक्षण गर्न मद्धत गर्ने बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.