• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, July 10, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

एकादशीमा सखरखण्ड र जलफल सिँगडाको ब्यापार बढ्यो

मनाेरञ्जन शर्मा by मनाेरञ्जन शर्मा
२७ कार्तिक २०८१, मंगलवार ०८:४५
1 min read
23 0

एकादशी पर्वका लागी भैरहवा मिलनचोकमा सखरखन्ड, सिंगडा खरिद बिक्री गर्दै व्यवसायी र उपभोक्ता तस्बिरः मनोरञ्जन शर्मा

22
SHARES
43
VIEWS

श्रीन्यूज ओके रिपोर्टर


भैरहवा– एकादशी पर्व नजिकिँदै जादा कन्दमूलका रुपमा रहेको सखरखण्ड रातो र सेतो एवम् तलाउ– पोखरीमा फल्ने जल फल सिँगडाको ब्यापार अत्यधिक बढेको छ । त्यसो त छठ पर्व देखिनै जलफल सिँगडा र सखरखण्डको व्यापार सुरु भए पनि ठुलो एकादशीमा अझ बढेको व्यबसायिको भनाई छ ।यस पटक ठुलो एकादशी पर्व मङ्गलवार रहेको छ । रूपन्देहीको भैरहवा, बुटवल, मणिग्राम, देवदह, सैनामैना, धकधई ठुटिपिपल, लुम्बिनी, रुद्रपुर, गैडहवा, सूर्यपुरा बजारमा रहेका हाटबजारका साथै चोक चोकमा एकादशीको एक दिन अगाडिनै बिहानैबाट रातो र सेतो सखरखण्ड (गन्जी) तथा सिँगडा बिक्री गर्न बस्ने घुमन्ते व्यापारीहरू कहाँ फुटकर बिक्री अत्यधिक भएको पाइएको छ । अन्य समयमा अरु व्यवसाय गर्ने तर पर्वको समयमा सिजनल (मौसमी) व्यवसाय गर्ने व्यवसायीहरूले यो व्यवसाय बढी गरेको पाइन्छ ।

हाट बजारमा भन्दा पनि बजारका चोकहरूमा यस्तो व्यवसाय गर्ने बढी छन् । रूपन्देहीका विभिन्न साप्ताहिक तथा दैनिक हाटबजारमा कन्दमूल बिक्रीका लागी व्यापारीले ल्याएका थिए । एकादशी अगाडिनै न सखरखण्ड रातो सेतो दुवैको मूल्य प्रतिकेजी १०० देखि १६० रुपैयाँ सम्ममा बिक्री भएको छ । भैरहवा मैत्रीपथमा जस्सी फलफूल पसल सञ्चालन गर्दै आएका जस्सी मल्लाहले रातो सखरखण्ड १२० रुपैयाँ र सेता सखरखण्ड १६० रुपैयाँमा बिक्री गर्दै आएको बताए , पर्वका सिजनमा मात्र बिक्री हुने भएकाले ग्राहकहरू खोजी खोजी आँउछन्, बिक्री राम्रो छ, व्यवसायी मल्लाहले भने । उता अन्य समय निकै कम खपत हुने र कम मूल्यमा बिक्री हुने सिँगडा पर्वका बेलामा अहिले रुपैयाँ प्रतिकिलोमा बिक्री भएको जस्सीले जनाए । अरु बेला ५० रुपैयाँ किलोमा पनि बिक्न गाह्रो हुन्छ, तर अहिले १०० रुपैयाँमा बिक्री भैरहेको छ, उनले भने ।

सिँगडा र सखरखण्डको बिक्री अहिले बढेको सिद्धार्थनगर ६ गल्लामण्डी व्यवसायी पवन कुमार कहारले बताए । उकन अनुसार नेपालकै स्थानिय किसानले उत्पादन गरेका सिङ्गडा र सखरखण्ड भारतबाट पनि आउने गरेको उनले बताए । सोमबारका तुलनामा एकादशीको दिन अझै बढी बिक्री हुने भएकाले मूल्य राम्रो पाइने बताए ।

सिङ्गडा यही नजिकैको तलाउबाट ल्याएर बिक्रीका लागी राखेको भैरहवा बैन्क कलोनीका व्यवसायी रामकुमार कहारले बताए । थोक बिक्रेताबाट ल्याएर सखरखण्ड बिक्री गर्ने गरेको उनले जनाए । सखरखण्ड भारतबाट बढी आउने उनले जनाए ।

सिङ्गडा भने स्थानीय कृषकले पोखरी तलाउमा फलाउने गर्छन र त्यहीको उत्पादन बजारमा आउने गरेको छ ।यो तलाउ, पोखरी अथवा पानी जम्ने कुलोमा पानीमुनि फल्ने फल हो । एकादशी पर्वमा सखरखण्ड, सिङ्गडा,तरुल, पिडालु लगायतका कन्दमूल र फल व्रत बस्नेहरूले उसिनेर अथवा पोलेर खाने गर्दछन् । सेतो सखरखण्ड पूजा गर्न प्रयोग हुन्छ ।

रूपन्देही जिल्ला सदरमुकाम भैरहवा, बुटवल, लुम्बिनी, धकइइ, देबदह,मणिग्राम, सैनामैना, बेथरी,सुर्यपुरा, गैडहवा,रुद्रपुर लगायतका ग्रामीण बजारहरुमा सखरखण्डको ब्यापार बढेको व्यवसायीहरूले बताएका छन् । बजार आउने सखरखण्ड मध्ये केही जिल्लामै र केही पहाडी जिल्लाबाट आयात हुन्छ भने ७५ प्रतिशत भन्दा बढी भारतबाट आयात हुने गरेको छ । व्यवसायीहरूले भारतको मुजप्फरपुर, बनारस लगायतका स्थानबाट सखरखण्ड आयात गरी यँहा बिक्री गर्ने गरेका छन् ।जिल्लामा व्यवसायीक खेती नहुँदा सखरखण्ड आयातका लागी लाखौ रुपैयाँ विदेशिने गरेको कृषकहरू बताउँछन् ।रूपन्देहीमा मात्रै एकादशी पर्वमा करीब १५ टन भन्दा बढी सखरखण्ड बिक्री हुने अनुमान गरिएको छ । त्यस्तै गरी एकादशी का लागी उखुको बिक्री पनि बढेको छ । मर्चवार, बनगाई, लुम्बिनी परासी, कपिलबस्तु लगायतका क्षेत्रबाट उखु आयात गरी बिक्री भएको पाईएको छ । 

Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
मनाेरञ्जन शर्मा

मनाेरञ्जन शर्मा

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?