श्री न्यूज ओके रिपोर्टर
भैरहवा– मौसम प्रतिकुलताका कारण भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरण प्रभावित भएको छ । हिजो राती देखिनै हुस्सुको कारणले उडान अवतरण हुन नसकेको हो । अवतरणमा आवश्यक प्रकाश भिजिबिलिटी नपुग्दा उडान अवतरण प्रभावित भएको नागरिक उड्यन प्राधिकरण, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका सूचना अधिकारी बिनोद राउतले बताए । उनका अनुसार कुवेतबाट आएको जजिरा एयरवेज काठमाण्डु डाइभर्ट भएको छ । त्यस्तै बिहानै पोखराबाट आउनु पर्ने बुद्ध एयरको जहाज पनि खराब मौसमका कारण आउन सकेन ।
बुद्ध एयरको पोखराबाट आउने जहाजमा रास्वपाका अध्यक्ष एवं पूर्व गृहमन्त्री रबी लामिछानेलाई भैरहवा बयानका लागी ल्याउने तय थियो । लामिछाने पनि पोखरा विमानस्थलमा रहेका छन् । हिजो राती काठमाण्डु बाट भैरहवा आई दुबई जाने नेपाल एयरलाइन्सको जहाज पनि खराब मौसमका कारण आउन सकेन् ।
कम भिजिबिलिटीमा पनि उड्न सक्ने यन्त्र आइएलएस (इन्सटुमेन्ट ल्यान्डिङ सिस्टम जडान भएर पनि भारतसँग सहमती हुन नसक्दा सञ्चालन हुन सकेको छैन भने अर्को प्रविधि आरएनपि–एआर (रिक्वायर्ड नेभिगेसन प्रोसुडर) पनि सञ्चालनमा आउन सकेको छैन् । आरएनपि–एआर भूउपग्रहमा आधारित प्रविधि हो । यो प्रबिधी ले कम प्रकाशमा पनि उडान अवतरणका लागी रुटको डिजाइन गर्छ । तर यो प्रविधि नागरिक उड्यन प्राधिकरणले परीक्षणमा ल्याएको छैन् । अहिले यो विमानस्थलबाट जहाज अवतरणका लागी १८ सय मिटर प्रकाश हुनु पर्दछ, अहिले विमानस्थलको प्रकाश १ हजार मिटरको हाराहारीमा छ । विमानस्थल खुल्न कम्तिमा १ घन्टा लाग्ने देखिएको छ ।
यो पनि पढनु होस बुद्ध र यती एयरको भैरहवा –पोखरा उडानमा ‘प्राइस वार’https://shreenewsok.com/around-bhairahawa/20422/
Get real time update about this post categories directly on your device, subscribe now.