श्रीन्यूज ओके रिपोर्टर
भैरहवा – भारतबाट अबैध रुपमा निकासी गरि ल्याइएका १३ लाख २६ हजार रुपैयाँ बढिका विभिन्न सामानहरु भैरहवाको बुद्धचोकमा प्रहरिले बरामद गरेको छ।
बिहिवार साझ ५ बजे प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ८ बुद्धचोकमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी/पैठारी गरेको अवस्थामा सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरी नायव उपरीक्षक एवम सूचना अधिकारी सुरज कार्किले बताए ।
चेक जाचका क्रममा बिभिन्न किसिमका मोबाईलका डिस्प्लेहरु १ हजार २०० पिस,सुट ४१ पिस, बेल्ट ४२ पिस, सुईटर २३ पिस साथै बिभिन्न किराना सामानहरु रहेको र ती सामानहरु कुनैको पनि भारत या नेपालमा खरिद भएको , भन्सार तिरेको बिल बिजक केही नभएको पाइएको प्रहरीले जनाएको छ।
#चोरीनिकासी #नेपालप्रहरी#गृहमन्त्रालय्#प्रहरीमेरोसाथी
Get real time update about this post categories directly on your device, subscribe now.