मनोरञ्जन शर्मा
भैरहवा -भारतले गुणस्तर प्रमाणपत्र ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (विजाईएस) नवीकरण नगर्दा गत असारदेखि रोकिएको नेपाली सिमेन्ट निर्यात अझै खुलेको छैन।
भारतले गत वर्ष नेपाली सिमेन्ट निर्यातका लागि विआईएस प्रमाणपत्र नवीकरण गरेको थियो।
यो वर्ष असारदेखि नवीकरण रोकेको छ। नवीकरणको अवधि सकिएका कुनै पनि उद्योगले अहिले भारतमा सिमेन्ट निर्यात गर्न पाएका छैनन्।
२०८० जेठ ३१ बाट बाहुबली र सृष्टि ब्रान्ड्को सिमेन्ट भारत निकासी गर्दै आएको बालाजी सिमेन्ट उद्योगले असारदेखि निर्यात गर्न नपाएको उद्योगका सञ्चालक ऋषि अग्रवालले बताए।
सात महिनादेखि निर्यात रोकिएको छ। विआईएस नवीकरणका लागि सोधखोज गर्दा प्रक्रियामा छ हुन्छ भन्छन् तर कहिले हुन्छ थाहा छैन, अग्रवालले श्रीन्यूजओके सँग भने, ‘निर्यातलाई विआईएस प्रमाणपत्र नवीकरण अनिवार्य गरिएको छ। नवीकरण नहुँदासम्म निर्यात गर्न पाइदैन।
अग्रवालका अनुसार कपिलवस्तुको कृष्णनगर नाका हुँदै बाहुबली र सृष्टि ब्रान्डको सिमेन्ट मासिक डेढदेखि दुई लाख बोरासम्म निर्यात भैरहेको थियो।
विआईएस नवीकरण नहुँदा कृष्णनगर नाका हुँदै निर्यात भइरहेको सम्राट सिमेन्टको निर्यात पनि रोकिएको छ।
अर्घाखाँची सिमेन्टको निर्यात पनि चार महिनादेखि रोकिएको छ। उद्योगले दुई वर्षदेखि अर्घाखाँचीकोओपिसि/पिपिसी सिमेन्ट भारत निर्यात गर्दै आएकोमा गत असोजदेखि रोकिएको उद्योगका नायव महाप्रवन्धक कृष्ण प्रसाद पाण्डेले जानकारी दिए ।
महाप्रबन्धक पान्डेका अनुसार बिआइएस नवीकरण नहुँदा सिमेन्ट निकासी रोकिएको हो। अर्घाखीची सिमेन्टको असोज ९ देखि विआईएस नवीकरण नभएको पाण्डेले जानकारी दिए।
नेपालमा खपत कम भएका वेला भारत निर्यातले केही राहत भाएको थियो। निर्यात रोकिएपछि उद्योगहरु अप्ठ्यारोमा परेका छन् पाण्डेले भने।विआईएस नवीकरणको प्रतीक्षामा छ, तर कहिले हुन्छ थाहा छैन।’
भैरहवा नाका हुँदै सर्वोत्तम र पाल्पा सिमेन्टको निर्यात भने भइरहेको छ। दुवै उद्योगको विआईएस अवधि बाकी रहेकाले निर्यातमा समस्या छैन। यस्तै नवलपुरमा उद्योग रहेको होन्सि सिमेन्टले भारतमा क्लिन्कर निर्यात गरिरहेको छ। क्लिन्करमा भने भारतको अवरोध छैन।
सिद्धार्थ उद्योग वाणिज्य संपका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बिआईएस नवीकरण रोकिएको विषयमा सम्वन्धित निकायमा भनिसकेको जानकारी दिए । उनका अनुसार नेपाल उद्योग वाणिज्य महासंघले पनि यसमा पहल गरिरहेको छ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले अहिले सर्वोत्तम पाल्पा सिमेन्ट निर्यात भइरहेको जानकारी दिए। भारतले आफ्नी गुणस्तर कायम हुने सामानमात्र आयात गर्न अनुमति दिने गरेको बताउँदै उनले गत वर्ष पनि गुणस्तर नभएको भन्दै प्लाइउड आयात रोकेको र पछि यही फेब्रुअरीसम्मका लागि फुकुवा गरेको बताए। फेब्रुअरीपछि भारतले चाहेअनुसारको गुणस्तर नभए फेरि प्लाइउड आयात रोक्ने देखिएको उनले भने, हामीले पनि भारतवाट आयात हुने तयारी छड, सिमेन्ट म्यास रेगुलेटर आदि सामानका गुणस्तर हेर्ने गरेका छौं र एन एस (नेपाल स्ट्यान्डर्ड) पनि अनिवार्य छ ,रेग्मीले भने।
सन् २०१६ मा स्थापना भएको विजाईएस अक्टोबर २०१० देखि कार्यान्वयनमा छ। भारत सरकारको उपभोक्ता मामिला वितरण मन्त्रालय अन्तर्गत उपभोक्ता मामिला विभागले यसलाई हेर्ने गर्छ।
भैरहवा हवा नाकावाट अर्घाखाँची, पाल्पा सर्वोत्तम तथा कृष्णनगर नाकाबाट बालाजि, सम्राट , लगायतका उद्योगले सिमेन्ट भारत निकासी गर्दै आएका थिए।
Get real time update about this post categories directly on your device, subscribe now.