श्रीन्यूज ओके रिपोर्टर
भैरहवा – यँहाको पाचतारे होटल टाइगर प्यालेस बाइ सोल्टीले पर्यटक आकर्षित गर्न बिभिन्न नयाँ प्याकेज ल्याउँदै आएको छ । यसै क्रममा टाइगरले कपल प्याकेज सार्वजनिक गरेको छ । कपल प्याकेज २ रातको रहेको छ । यो प्याकेजको मूल्य ३० हजार रुपैयाँमा २ जनाको लागी पूर्णत लक्जरियस प्याकेजका रुपमा रहेको टाइगर प्यालेसको सिनियर सेल्स एक्जिक्युटिभ निशा थापाले बताइन ।
उनका अनुसार यो प्याकेजमा २ रातको बसाइमा २ जना ग्राहकले ब्रेकफास्ट र डिनर साथै एक दिनको सिटी टुर पनि उपलब्ध रहेको छ । यो प्याकेज युवावर्ग मात्रै नभई सबै खाले ग्राहकका लागी सर्वोत्कृष्ट रहेको थापाको भनाई छ । यो प्याकेज सीमित अवधिको लागि मात्र रहेको उनले बताइन् । केही समय अघि टाइगर प्यालेसको व्यवस्थापन सोल्टी होटलले लिएको थियो ।
अहिले होटलमा क्यासिनो समेत सञ्चालनमा छ । होटल डेस्टिनेसन विडिंगका लागि भारतमा चर्चित छ । डिसेम्बर महिनामा होटल फुल अकुपेन्सीमा थियो भने जनवरीमा पनि ९० प्रतिशत अकुपेन्सी रहेको बताईएको छ। टाइगरमा बिभिन्न प्रकृतीका १ सय बढी कोठाहरु रहेका छन् । होटलमा भारतिय ग्राहक अत्यधिक आउने गरेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.