• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, May 15, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

सरकारी पहल नहुँदा भारतीय बजार गुमाउँदै नेपाली सिमेन्ट 

मनाेरञ्जन शर्मा by मनाेरञ्जन शर्मा
२५ पुष २०८१, बिहीबार १९:५०
2 min read
8 0
8
SHARES
15
VIEWS

मनोरञ्जन शर्मा


भैरहवा– भारत तर्फ सिमेन्ट निर्यातमा देखिएको समस्या निराकरणका लागी सरकारी स्तरबाट कुनै पहल नहुँदा नेपाली सिमेन्टले भारतीय बजार गुमाउँदै जान थालेको छ । नेपालबाट भारत निर्यात हुने बस्तुमा प्रमुख रुपमा अघि आएको सिमेन्टलाई भारतीय बजारमा पठाउनका लागि नेपाल सरकारले कूटनीतिक तवरमार्फत पहल नगर्दा बजार गुमाउँदै जान थालेको निर्यातकर्ता सिमेन्ट उद्योगहरूले बताएका छन् । नेपालको इतिहासमै पहिलो पटक २०७९ असार २५ गते सुनवल नगरपालिका वडा नम्बर ७ पश्चिम नवलपरासी रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले तानसेन ब्रान्डका ३ हजार बोरा सिमेन्ट भारत तर्फ निर्यात गरेको थियो । 

त्यसपछि अर्घाखाँची, घोराही, सर्बोत्तम, बालाजी लगायतका अन्य सिमेन्ट उद्योगहरूले पनि निर्यात प्रकृया पुरा गरी भारत निर्यात गरिरहेका थिए । भारत सिमेन्ट निर्यातका लागी बिआईए(ब्युरो अफ इन्डियन स्टयाण्डर्स) बाट गुणस्तर प्रमाणपत्र अनिवार्य रहेको छ । तर पछिल्लो समय भारत सरकारको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय अन्तर्गत उपभोक्ता मामिला विभाग मातहत रहेको बीआईएस नवीकरण नहुँदा सिमेन्ट निर्यात रोकिएको छ । 

अवधि बाकी रहेका उद्योगहरूले सिमेन्ट निर्यात गरे पनि बीआईएस नवीकरण सकिएका उद्योगहरूको नवीकरण नहुँदा निर्यात ७ महिना देखि ठप्प छ । निर्यात रोकिँदा उद्योगीहरूले भारतीय बजार गुमाउँदै गएका छन् । भारतीय बजारमा स्थापित भैसकेका नेपाली सिमेन्टहरू एक्कासि उपभोक्ता माझबाट हराउँदा राम्रो सन्देश नजाने बालाजी सिमेन्ट उद्योगका निर्देशक ऋषि अग्रवालले बताए । आफ्नो उत्पादन चिनाउन समय लाग्छ, वितरक, सब वितरक खोज्नु पर्यौ, प्रचार प्रसार लगायत उपभोक्तामा आफ्नो प्रोडक्ट पहिचान र स्थापित गराउन समय खर्चनु पर्छ, त्यो सबै बनेको प्रकृया एक चोटी रोकिँदा फेरी शून्यबाट सुरुवात गर्नु पर्ने जस्तै हुन्छ, अग्रवालले भने। 

हाम्रो बालाजी सिमेन्ट उद्योग अन्तर्गतको बाहुबली र सृष्टि ब्रान्डका सिमेन्ट २०८० जेठ ३१ बाट भारत निर्यात भएको थियो । १ वर्ष निर्यात त भयो त्यसपछि नवीकरण नहुँदा ७ महिना देखि निर्यात रोकिएको छ, अग्रवालले भने । हामीले नवीकरण अवधि सकिनु ३ महिना अघिनै नबिकरणका लागी निवेदन दिएका थियौ तर अहिले सम्म भएको छैन् जुन कारणले हामीले भारतमा बजार गुमाईरहेका छौ, राज्यले पहल गर्नु पर्ने हो केही भएन, अग्रवालले गुनासो गरे । सिमेन्ट निर्यात गरिरहेका उद्योगीहरूले सरकारले कूटनैतिक पहल नगर्दा नवीकरण हुन नसकेको आरोप लगाएका छन् । 

अर्घाखाँची सिमेन्ट नेपाल बाट भारत तर्फ सिमेन्ट निर्यात गर्नेमा दोश्रो उद्योग हो । २०७९ कार्तिक १ गते १४ सय बोरा पिपिसी सिमेन्ट निर्यात गर्दै सुरुवात गरेको थियो । अर्घाखाचीको पनि गत असोज देखि नवीकरण नहुँदा निर्यात ठप्प रहेको उद्योगका नायव महाप्रबन्धक कृष्ण प्रसाद पाण्डेले बताए । सिमेन्ट निर्यात गर्नु पुर्ब दुख गरी बनाएको भारतीय बजार सिमेन्ट निर्यात नहुँदा गुम्दै गएको छ, राम्रो बजार बनेको थियो, फेरी गुमेको बजार बनाउन समय लाग्छ, नायव महाप्रबन्धक पाण्डेले भने । राज्यले यस्ता कुरामा पहल गर्नु पर्यौ, पाण्डेले भने । पश्चिम नेपालको भैरहवा नाका हुदै अर्घाखाँची, पाल्पा र सर्बोत्तम सिमेन्ट भारत निर्यात भैरहेको थियो । अर्घाखाँचीको रोकिए पनि बिआइएस नवीकरण अवधि बाकी रहेका पाल्पा र सर्बोत्तम सिमेन्टले निर्यात गरिरहेका छन् । ति दुई उद्योगको पनि नवीकरण अवधि केही समय मात्र बाकी छ । 

उता कपिलबस्तुको कृष्णनगर नाका हुदै बालाजी, घोराही र सम्राट सिमेन्ट निर्यात हुदै आएकोमा बालाजी र सम्राटको निर्यात रोकिएको छ । उद्योगहरूले सिमेन्ट निर्यात पुर्ब बीआईएस प्राप्तीका लागी प्रकृया पुरा गर्न ६।७ महिना लाग्ने र त्यसपछि त्यहाको बजार पहिचान गरी स्थापित हुनै १ वर्ष जति लाग्छ । अहिले सिमेन्ट निर्यात रोकिँदा आफुहरुले बनाएको नेपाली सिमेन्टको भारतीय बजार भताभुंग भएको र फेरी बजार बनाउन समय लाग्ने र यो पनि नोक्सानीनै रहेको बालाजी सिमेन्टका निर्देशक रौनक अग्रवालले बताए ।

अब पनि समयमै राज्यले पहल गर्न नसके नेपाली सिमेन्टको भारतमा निर्यातको जुन संभावना बढीरहेको थियो त्यो ध्वस्त हुने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । निर्यातमा अग्रस्थानमा आउदै गरेको नेपाली सिमेन्ट निर्यात रोकिएपछि भारतमा बजार गुम्दै गएको छ, नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बीआईएस नवीकरणमा कुनै पहल नगरिदिँदा निर्यात प्रभावित भएको हो, तत्काल कूटनैतिक पहल गरी निर्यात सुचारु गर्नु पर्छ, अध्यक्ष श्रेष्ठले भने। 

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा सिमेन्टको निर्यात बढेको थियो। गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले ३ अर्ब ८५ करोड २८ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको थियो । त्यस अघिको आर्थिक वर्ष २०७९÷८० मा ७७ करोड ९३ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । २०७९/८०को तुलनामा२०८०/८१ मा ३ अर्ब ७ करोड ३५ लाख रुपैयाँले निर्यात बढेको थियो । पश्चिम नेपालबाट निर्यात भएका सिमेन्टहरुको मुख्य बजार नेपालका सिमावर्ति तथा भारतिय जिल्लाहरु महाराजगन्ज, सिद्धार्थनगर, गोरखपुर, बलरामपुर, तुलसीपुर, श्रावस्ती लगायतका १ दर्जन रहेका छन् ।

Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
मनाेरञ्जन शर्मा

मनाेरञ्जन शर्मा

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?