मनोरञ्जन शर्मा
भैरहवा लुम्बिनी प्रदेशमा दूध र अन्डा उत्पादन घटेको छ । गत आर्थिक वर्ष २०८०र८१ मा दूध, मासु र अन्डा उत्पादन घटेको हो । त्यसअघिका वर्षमा ती वस्तुका उत्पादन बढे पनि गत वर्ष भने उत्पादन घटेको थियो । तर, माछा उत्पादन बढेको छ । राष्ट्र बैंक सिद्धार्थनगर शाखाले तयार गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा उल्लेख भए अनुसार आव २०८०र८१ मा लुम्बिनी प्रदेशमा दूध, मासु र अन्डा उत्पादन घट्दा माछाको उत्पादन बढेको उल्लेख छ ।
आव २०८०र८१ मा दूध उत्पादन गत वर्षको तुलनामा ७।४५ प्रतिशतले घटेर ५ लाख १३ हजार लिटर उत्पादन भएको छ । अघिल्लो वर्ष दूध उत्पादन ८।३५ प्रतिशतले वृद्धि भएको थियो । लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, नवलपरासी, अर्घाखाँचीलगायतका जिल्लाहरूमा व्यावसायिक गाई–भैंसी पालनबाट कृषकहरू अन्य व्यवसायमा लागेकोले दूध उत्पादन घटेको प्रतिदेदनमा उल्लेख छ ।
प्रदेशमा दूध उत्पादन सबैभन्दा धेरै रुपन्देहीमा भएको छ । प्रदेशको कुल दूध उत्पादनमध्ये रुपन्देहीमा २२।५४ प्रतिशत उत्पादन भएको पाइएको छ । रुकुम पूर्वमा सबैभन्दा कम ०।६८ प्रतिशत उत्पादन भएको छ । त्यसैगरी मासु उत्पादन आव २०८०र८१ मा गत वर्षको तुलनामा १२।७५ प्रतिशतले ह्रास भएको छ । उक्त वर्ष ८५ हजार ७ सय टन मासु उत्पादन भएको थियो । त्यअघिको वर्ष भने मासु उत्पादन २।१६ प्रतिशतले वृद्धि भएको थियो ।
रुपन्देही, दाङ, नवलपरासीलगायतका जिल्लाहरूमा व्यावसायिक भैँसी–राँगो पालनमा कमी आएका कारण आव २०८०र८१ मा गत वर्षको सोही अवधिको तुलनामा मासु उत्पादनमा ह्रास आएको प्रतिवेदनमा उल्लेख छ । आव २०८०र८१ मा मासु उत्पादनमध्ये सुंगुर, बंगुर र भैँसी–राँगोको मासु उत्पादन गत वर्षको सोही अवधिको तुलनामा क्रमशस् ३९।०९ प्रतिशत र २३।५१ प्रतिशतले ह्रास भएको छ । तर, कुखुरा, खसी, बोका र भेडाको मासु उत्पादनमा क्रमशस् २३।८८ प्रतिशत र ७।७३ प्रतिशतले वृद्धि भएको छ ।
मासु उत्पादनमा सबैभन्दा धेरै हिस्सा रुपन्देहीको १९।०५ प्रतिशत र सबैभन्दा कम रुकुम पूर्वको १।६८ प्रतिशत रहेको छ । रुपन्देहीपछि बढी मासु उत्पादन हुने जिल्लामा बाँके, दांग र पाल्पा रहेका छन् । यी जिल्लामा मासु उत्पादन प्रदेशको कुल मासु उत्पादनमध्ये १२ प्रतिशत बढी रहेको छ । अन्डा उत्पादन समीक्षा वर्षमा गत वर्षको तुलनामा ३२।९० प्रतिशतले ह्रास भई २२ करोड ४६ लाख गोटामा झरेको छ । अघिल्लो वर्ष भने अन्डा उत्पादन ३।२६ प्रतिशतले वृद्धि भएको थियो । प्रदेशमा सबैभन्दा बढी अन्डा उत्पादन दाङमा हुने गरेको छ ।
समीक्षा अवधिमा दाङमा ९३ हजार ४ सय गोटा अन्डा उत्पादन भएको थियो । अन्डा उत्पादनमा दाङको हिस्सा ४१ दशमलव ६० प्रतिशत रहेको छ । दाङपछि बढी अन्डा उत्पादन हुने जिल्लामा बाँके, रुपन्देही र पाल्पा पर्छन् । सबैभन्दा कम अन्डा उत्पादन हुने जिल्लामा रुकुम पूर्व रहेको छ । जहाँ प्रदेशको कुल उत्पादनमध्ये ० दशमलव ४९ प्रतिशत अन्डा उत्पादन भएको छ । आव २०८०र८१ मा लुम्बिनी प्रदेशमा माछा उत्पादन वृद्धी भएको छ । आव २०८०र८१ को तुलनामा समीक्षा वर्षमा ०।१८ प्रतिशतले वृद्धि भई १६ हजार ६ सय टन माछा उत्पादन भएको छ ।
गत वर्ष माछा उत्पादन १०।५७ प्रतिशतले वृद्धि भएको थियो । माछा उत्पादनमा सबैभन्दा बढी हिस्सा रुपन्देहीको ४२।५७ प्रतिशत रहेको छ । आव २०८०र८१ मा कुल ७ हजार टन माछा उत्पादन भएको थियो । रुपन्देहीपछि कपिलवस्तुमा बढी उत्पादन भएको छ । त्यसपछि बर्दिया र नवलपरासीमा माछा उत्पादन भएको छ । लुम्बिनी प्रदेशको रुकुम पूर्वमा माछा उत्पादन शून्य छ भने पाल्पा, गुल्मी, अर्घाखाँची प्यूठानमा माछा उत्पादनको हिस्सा न्यून रहेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.