श्रीन्यूज ओके रिपोर्टर
भैरहवा–भैरहवामा फुलको व्यापार बढ्दो छ । खासगरी माङ्गलिक कार्यमा फुलहरूको प्रयोग बढी हुनेमा अहिले कसैको स्वागत, बिदाई , जन्मदिन, वैवाहिक उत्सव लगायतका कार्यक्रममा फुलको प्रयोग बढी हुने गरेको छ । विवाहमा दुलाहा चढ्ने कार सझाउने काममा समेत फुलको अधिक प्रयोग हुन्छ । भैरहवा मैत्रीपथ स्थित दुर्गा फुल केन्द्रका सञ्चालक रवी जैसवालले फुलको व्यापार आफैमा राम्रो भएको बताउँछन् ।
बिभिन्न कार्यमा फुल अहिले अति आवश्यक भएको छ , उनले भने । अहिले फुल बिक्री कक्षमा फुल बुके गुच्छा बनाउन आउने पनि धेरै रहेका छन् । सामान्य एक बुकेको ५ सय रुपैयाँ देखि १० हजार रुपैयाँ सम्मको बुके बन्ने गरेको छ।प्राय सबै फुल भने भारतबाट आयात हुने गर्छ ।
Get real time update about this post categories directly on your device, subscribe now.