श्रीन्यूज ओके रिपोर्टर
भैरहवा – सिद्धार्थ उद्योग बाणिज्य संघले भैरहवा क्षेत्रका पुराना पत्रकार शम्भु पन्तलाई सम्मानित गरेको छ ।
संघको पदस्थापन समारोहका अवसरमा भैरहवामा बुधबार आयोजित कार्यक्रममा संघका नव अध्यक्ष नेत्र प्रसाद आचार्य, निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सम्मान पत्र , दोसल्ला एवम नगद सहित सम्मानित गरेको हो ।
तत्कालिन भैरहवा गाउँ पन्चायत वडा नम्बर १२ कालिकास्थानमा जन्म भइ हाल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा बसोबास गर्दै आएका पन्त नेपाल टेलिभिजनको स्थापना कालदेखीको सम्बाददाता रहि २५ बर्ष सम्म कार्यरत रहे । हाल उनी न्यूज ओके साप्ताहिकको उप सम्पादक हुन । आफ्नो पत्रकारिता पेशाको माध्यमबाट बिगत ३५ बर्ष देखि यस क्षेत्रको आर्थिक, पर्यटन , सामाजिक लगायतका बिषयहरुमा केन्द्रित रहि साथै सिद्धार्थ उद्योग वाणिज्य संघको गतिबिधीलाई विभिन्न माध्यम बाट प्रकासन एवम प्रसारण गरि जनमानस सम्म पुर्याउनु भएको कार्यको उच्च कदर गर्दै संघले सम्मान गरेको हो ।
Get real time update about this post categories directly on your device, subscribe now.