• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Saturday, May 10, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

प्लाइउड संगै सिमेन्टको पनि निकासी सुचारु,उद्योगी खुसी

मनाेरञ्जन शर्मा by मनाेरञ्जन शर्मा
१ बैशाख २०८२, सोमबार १७:०१
1 min read
70 0
68
SHARES
133
VIEWS

मनोरञ्जन शर्मा


भैरहवा– नेपालबाट भारत निकासी हुने सिमेन्ट प्लाइउड, बोर्ड एवं प्लाइबाट बन्ने ढोकाले अनिवार्य रुपमा ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड बीआईएस गुणस्तर चिन्ह लिनु पर्ने भए पछि एक महिना भन्दा बढी समय देखि भारततर्फ निकासी रोकिएका प्लाइउड, बोर्ड र प्लाईकाढोका सँगै ६  महिना देखि रोकिएको अर्घाखाँची सिमेन्टको निकासी समेत सुचारु भएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदी गत चैत्रमा थाइल्याण्डमा भएको वार्ताको एक दिन अघिबाटै निकासी सुचारु भएको हो । भारत निकासीमा गति लिदै गरेको सिमेन्ट प्लाइउडको निकासी रोकिएपछि अप्ठयारामा परेका उद्योगीहरू अहिले खुसी छन् ।हामीले भारतमा बनाएको बजार गुम्छ भन्ने डर थियो तर निकासी सुचारु भए पछि अब दुत गतिमा निकासी हुन्छ र सुरु भैसकेको छ , अर्घाखाँची सिमेन्ट उद्योगका महाप्रबन्धक उद्धव बहादुर कार्कीले भने ।

भारतले निकासी भैरहेको सिमेन्टको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड बीआईएस गुणस्तर चिन्ह नवीकरण नगर्दा र प्लाइउड एवं प्लाइका बाइप्रोडक्ट ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड बीआईएस गुणस्तर चिन्हनै नदिँदा निकासी रोकिएको थियो । सिमेन्ट उद्योगको हकमा भने अहिले क्लिन्कर समेत उत्पादन गर्दै आइरहेका ठूला उद्योगहरूको मात्रै बीआईएस नवीकरण भएको छ ।

हामीहरूको अर्घाखाँची सिमेन्टलाई ६ महिनाको अवधिलाई मात्र नवीकरण गरिएको छ । ६ महिना पछि यस्तै समस्या पुनह आउन सक्छ, सहजै नवीकरण नहुन सक्छ, त्यसैले सरकारले अहिले देखिनै भारत निकासी हुने सिमेन्ट पलाई लगायत अन्य वस्तुहरूको विषयमा नवीकरण साथै सहज रुपमा निकासी र वैदेशिक व्यापारका लागी पहल चाल्नु पर्छ, अर्घाखाँची सिमेन्टका महाप्रबन्धक कार्कीले श्रीन्यूजओकेसँग भने ।

भैरहवा नाका हुँदै अहिले अर्घाखाँची सिमेन्टको पुन निकासी सुरु भएको हो भने सर्वोत्तम सिमेन्ट र होंसि सिमेन्टको नवीकरण अवधि बाकी रहेकाले निकासी रोकिएको थिएन। यी दुई सिमेन्ट उद्योगको पनि ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) नबिकरण को समय अब केही महिना मात्र बाकी रहेको छ ।

उता भैरहवा नाका हुँदै भारत निकासी हुँदै आएको श्याम प्लाईले ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड बीआईएस गुणस्तर चिन्ह प्राप्त गरेपछि निकासी सुचारु भएको श्याम प्लाई उद्योग रूपन्देहीका सञ्चालक विनय गोयलले बताए । अहिलेलाई एक वर्षको लागी बीआईएस प्राप्त भएको छ, भारत सरकार उद्योग विभागबाट उद्योगमा अनुगमन पश्चात बीआईएस चिन्ह प्राप्त भएको गोयलले बताए ।भारतले गत वर्ष देखिनै प्लाइउड, लगायतका बस्तुको निकासीमा अवरोध गरेको थियो । तर एक वर्ष भित्र अनिवार्य रुपमा ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड बीआईएस गुणस्तर चिन्ह प्राप्त गर्नु पर्ने सर्त सहित भारतले निकासी खोलेको थियो ।

एक वर्ष अघि भारतले २०२४ मार्च १ देखि कार्यान्वयनमा ल्याएको बीआईएस नीतिले गर्दा भारतमा निकासी रोकिएकोमा भारतको उद्योग तथा वाणिज्य मन्त्रालयले राजपत्र प्रकाशन गर्दै आगामी एक वर्षसम्म नेपालबाट आयात हुने प्लाइउडका सामग्रीमा बीआईएस आदेश जारी नहुने उल्लेख गरेपछि प्लाइउड निकासी खुलेको थियो ।

भारतीय उद्योग तथा वाणिज्य मन्त्रालयको राजपत्रअनुसार ठूला उद्योगका नाममा सन् २०२५ फेब्रुअरी २८ देखि मात्र गुणस्तर चिह्नसम्बन्धी आदेश लागू हुने र साना तथा मझौला उद्योगका हकमा २०२५ को मे २८ र लघु उद्योगका नाममा २०२५ अगस्ट २८ देखि आदेश लागू हुनेमा प्लाइउद्योगलाई ठुला उद्योगका रुपमा लिदै फेब्रुअरी २८ (फागुन १६) बाटनै प्लाइ निकासी रोकिएको थियो ।

भैरहवानाका हुदै निकासी भैरहेका अन्य दुई प्लाई उद्योगहरु हिमालयन प्लाइ इण्डस्ट्रिज र सदिक्षा प्लाई उद्योगले भने बिआइएस पाएका छैनन। बिआइएस प्रमाणपत्र आएपछि निकासी हुने आशमा ति उद्योग बसीरहेका छन् । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार भैरहवा भन्सार नाकाबाट आर्थिक वर्ष २०७९।८०मा ३१ करोड ६ लाख ६३ हजार रुपैया बराबरको ४१ हजार ९ सय ३ टन सिमेन्ट तथा ४० करोड ९१ लाख ० हजार रुपैया बराबरको ६२ हजार ३ सय ५८ टन क्लिन्कर भारत निर्यात भएको थियो । त्यसै गरी आर्थिक वर्ष २०८०।८१मा १ अर्व ६५ करोड ८६ लाख ९ हजार रुपैया बराबरको २ लाख ३१ ह्जार ७ सय ८४ टन सिमेन्ट र १ अर्व २० करोड २७ लाख ८९ हजार रुपैया बराबरको २ लाख ८ सय ३० टन क्लिन्कर निर्यात भएको थियो ।

त्यसै गरी भैरहवा नाका हुदै आर्थिक वर्ष २०८०।८१मा २८ करोड ४२ लाख ५० हजार रुपैया मुल्य बराबरको प्लाइउड, बोर्ड र प्लाइका ढोका भारत निकासी भएको थियो । त्यस्तै गरी चालु आर्थिक वर्षको ८ महिनामा (निकासी रोकिनु अघि सम्म) यो नाका हुदै ३३ करोड ३१ लाख ८७ हजार रुपैया मुल्य बराबरको प्लाई एवं प्लाई जन्य बस्तु भारत निकासी भएको थियो ।

पहिला सिमेन्ट,क्लिन्कर तथा प्लाइउड भारतबाट पैठारी हुनेगरेकोमा हाल उद्योगी व्यवसायीले भारत निकासी सुरु गरेपछि भारतबाट हुदै आएको सिमेन्ट, प्लाई जस्ता बस्तुको आयात प्रतिस्थापन भएको छ। यस्ले व्यापार घाटा केही हद सम्म भए पनि कम भएको सिद्धार्थ उद्योग वाणिमज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले बताए । केही सिमेन्ट उद्योग र प्लाईको निकासी सुचारु भएको छ, सिमित अबधिका लागी भए पनि अब राज्यले आजै देखि पहल गरी निरन्तर र दिर्घकालिन समयसम्मका लागी पहल गर्न जरुरी छ, अध्यक्ष आचार्यले भने ।
सरकारले सिमेन्ट प्लाइ निकासीमा अनुदान दिने कार्यक्रम ल्याएको र नेपालसँग जोडिएका भारतीय जिल्लाहरुमा नेपाली सिमेन्ट प्लाइउडले रामै्र बजार बनाएका छन र लोकप्रिय बनेका कारण सिमेन्ट प्लाइ तथा प्लाइजन्य वस्तु भारत निकासी बढेको उद्योग वाणिज्य महासंघ लु्म्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । हाम्रो प्रदेशको तिन मुख्य नाकाहरु भैरहवा,कृष्णनगर र नेपालगन्जबाट निकासी हुने गरेको छ, निरन्तरता र सहज वैदेशिक ब्यापारको लागि राज्य लागी रहनु पर्छ उनले भने ।

भारत सरकारको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक बितरण मन्त्रालय अन्तरगत उपभोक्ता मामिला बिभागले प्रदान गर्ने बिआईएससन् २०१६मा स्थापना भई १२ अक्टोबर २०१७ देखि कार्यान्वयनमा छ ।

 

Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
मनाेरञ्जन शर्मा

मनाेरञ्जन शर्मा

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?