काठमाण्डौ, सरकारले रोकिएका परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरूलाई परीक्षा लिन सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केन्द्र, प्रदेश र स्थानीय तहको सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न सकिने बताए ।कोरोना भाइरसको संक्रमणका कारण कक्षा १२ को परीक्षा सञ्चालन हुन सकेको छैन् । त्यस्तै विश्वविद्यालयहरुका परीक्षा पनि रोकिएका छन् ।
त्यस्तै सरकारले राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको नियुक्ति प्रक्रिया पनि शुरू गर्ने निर्णय गरेको छ । मन्त्री ज्ञवालीले व्यवसायीक तालिम प्रदायकहरूलाई पनि तालिम दिन स्वीकृति दिएको जानकारी दिए ।
Get real time update about this post categories directly on your device, subscribe now.