न्यूज ओके रिपोर्टर
भैरहवा ।
मायादेबी गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमको पालिका स्तरिय सुक्ष्म योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । बुधवार र बिहीबार २ दिन सम्म सञ्चालन गोष्ठिमा मायादेवी गाउँपालिका अन्तरगत ८ स्वास्थय सस्थाका १६ स्वास्थ्य कर्मिहरुको सहभागिता रहेको गाँउपालिका स्वास्थय शाखा प्रमुख भाष्कर आत्रेयले बताए ।
गोष्ठिमा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले खोपका सुक्ष्म योजना तर्जुमा बारे जानकारी दिएका थिए । वडा तथा पालिका स्तरका शुक्ष्म योजना तयारी, पूर्ण योजना र खोप कार्यमा भएको सुधार र व्यबस्थापन तथा खोप कार्यक्रममा सरसफाई प्रबद्र्धन लगायतका बिषयमा छलफल भएको थियो ।
गोष्ठिमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषीराम पन्थीको, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी, गाउँपालिकाका स्वास्थय शाखा प्रमुख भाष्कर आत्रेय गाउँपालिका स्वास्थ्य शाखा नर्सिंग निरिक्षक शर्मिला शर्मा, लगायतले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्नु पर्नेमा जोड दिएका थिए । गोष्ठिको सहजीकरण स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत देबेन्द्र गुरुंगले गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.