- भैरहवा
जिल्ला अस्पताल भीमलाई लायन्स क्लब अफ बुटवल स्टार्सले ब्लड सेल काउन्ट (हेमाटोलोजी एनालाइजर) मेशिन सहयोग गरेको छ । भैरहवाको भीम अस्पतालमा रगतका विभिन्न परिक्षणका लागि मेशिन अभाव भन्ने थाहा भए पछि ६ लाख ५० हजार रुपैयाँममा खरिद गरी हस्तान्तरण गरिएको क्लबका अध्यक्ष सुशिल पाण्डेले बताए । यो मेशिनको मद्धतले रगतको सिभिसी, प्लेटलेट, आरबिसी काउन्ट, पिसिभी लगायतका परिक्षण गर्न मिल्ने छ ।
भीम अस्पतालमा यस किसीमको उपकरण नहुँदा बिरामीहरुको रगतको बिभिन्न परिक्षण गर्न समस्या भैरहेकोमा यो उपकरण आए पछि धेरै सजिलो हुने अस्पतालका मेसु डा. शकुन्तला गुप्ताले बताइन् ।
क्लबले उक्त उपकरण बुधवार अस्पताललाई हस्तान्तरण गरेको हो । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ बि २ का पूर्व गभर्नर महेन्द्र नारायण श्रेष्ठले अस्पतालका मेडिकल सुपेरीटेन्डेन्ट शकुन्तला गुप्तालाई हस्तान्तरण गरेका थिए । श्रेष्ठले जहा अप्ठ्यारो त्यहाँ लायन्स क्लबको सहयोग रहदै आएको बताए ।
डिस्ट्रिक ३२५ बि २ का स्ट्राटेजिक चिफ नवराज न्यौपानेले लायन्स क्लब अफ बुटवल स्टार्सले स्थापनाको छोटो समयमै सामाजिक क्षेत्रमा राम्रो काम गरेको भन्दै अस्पताललाई प्रदान गरिएको मेशिनले अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई थप सजिलो हुने जनाए ।
हस्तान्तरण कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ का इभ्यालुशन हेड बिनोद खरेल, एरिया ४ का प्रमुख सन्दिप कशौधन, रिजन चेयर पर्शन आशिष कृष्ण श्रेष्ठ, जोन चेयर पर्शन एमएल पाण्डे, क्लबका सचिव भुपेन्द्र अर्याल, कार्यक्रम संयोजक राम बहादुर शाहीलगायतले क्लबले वर्तमान कोभिड १९ को महामारीका बाबजुद सामाजिक कामलाई निरन्तरता दिन सफल भएको बताएका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.