- कपिलवस्तु
मायादेवी सुत्केरी भए पछि लुम्बिनीबाट कपिलबस्तु घर गएको सुत्केरी बाटोलाई प्रबद्र्धन गर्नका लागि सुरुवात भएको छ ।
सोहि अनुरुप मदर मायादेवी सुत्केरी मार्गको बाटो पछयाउदै युनेस्कोका नेपाल प्रतिनिधि क्रिस्चियन म्यानहर्ट र परामर्शदाता थोमश स्क्ररोमले तिन साता अघि साईकल यात्रा सम्पन्न गरेका छन् । सुत्केरी मार्गको बाटो विकास गरि पर्यटन प्रबद्र्धन गर्न उनीहरुले यात्रा गरेका हुन् ।
बुद्ध जन्मस्थल लुम्बिनीबाट पडरिया हुदा मनौरी, सिवलवा, विजुवा, सिसहनिया, दोहनी, निग्लिहवा हुदै शाक्य वंशिय राजधानी तिलौराकोट पुगेका थिए । ४ घण्टा लगाएर करिब ३६ किमी साईकल यात्रा गरेका थिए । उनीहरु गोरेटो, धुलाम्य, ग्राभेल र कालोपत्रे बाटो हुदै यात्रा गरेका थिए । नहर, कुलो, कल्भर्ट र खेतको उबड खाबड बाटो हुदै यात्रा गरेका थिए । उनीहरु यात्राकालागि काठमाडौंबाट साईकल ल्याएका थिए ।
लुम्बिनी र कपिलवस्तुको पर्यटन विकासकालागि नया“ गन्तब्यका रुपमा ४ वर्ष अघि मायादेवी सुत्केरी मार्ग पहिचान गरि नया पर्यटकीय गन्तब्य बनाउन सकिने योजना अघि सारिएको थियो । सुत्केरी मार्गलाई पर्यटन प्रडक्ट बनाउने अवधारणा लुम्बिनी विकास कोषका सद्भावना राजदूत तथा पर्यटनविद् विक्रम पा“डेकाजीले ल्याएका हुन् । मायादेवी राजधानी घर फर्केको बाटोको रुट भने लामो समयदेखि बुद्धस्थलबारेमा पुरातात्विक अध्ययन अन्वेषणमा लागेका वरिष्ट पुरातत्वविद् वसन्त विडारीले पत्ता लगाएका थिए ।
विश्व बैंकले मायादेवी सुत्केरी भएर पहिलो पटक दरबार फर्केको बाटोलाई मायादेवी ट्रेलका रुपमा विकास गर्ने रुचि देखाएपछि अध्ययन र अवलोकन गर्न आएको युनेस्कोका नेपाल प्रतिनिधि क्रिस्चियन म्यानहटले बताए । ‘विश्व बैंक र युनेस्को मिलेर अब अध्ययन गछौं,’ उनले भने, ‘त्यसपछि कसरी विकास गर्ने भन्ने विषयमा छलफल थाल्छौंं ।’
गाउले परिवेश, हरियाली र मनमोहक वातावरणले आफुहरु निक्कै लोभिएको उनले बताए । ४ घण्टा बितेको पत्तै भएन् । अझ बुद्धको अनयाई भएको भए मायादेवी हिडेको बाटो भनेर कत्ती श्रद्धा र आस्था राख्थे उनले भने ।
एउटै खाले पर्यटन प्रोडक्ट रहेको अवस्थामा यो ट्रेलको विकासले त्यसमा विविधता थप्न सहयोग पुग्छ । बौद्ध धर्मावलम्बी र शान्तिकामीकालागि मायादेवी सुत्केरी भई शिशु वालकलाई लिएर राजमहल फर्केको बाटो हेर्न र माटो छुन पाउदा पनि भाग्यमानी संझिने हुदा यहा आउन लालायीत हुन्छन् कोषका सद्भावना राजदूत पा“डेकाजीले भने त्यही भएर यस्मा काम गरिरहेका छौं । विश्व बैंकसंग सुत्केरी मार्गबारे आफुले नै पहिलो पटक यसरी आकर्षण थप्न सकिन्छ भनेर वर्कआउट गरेर दिएपछि उनीहरु कन्भिन्स भएको उनले बताए । भारतमा बुद्धिष्ट टुरिजम विकासकालागि विश्व बैंकले अर्बौं खर्चेर काम गरिरहेको छ । यहा पनि रचि राख्नु सकारात्मक भएको लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भटराईले बताए । कोषले पनि वरिष्ठ पुरातत्वविद् विडारी नेतृत्वमा ३ सदस्सीय समिति बनाएर अध्ययन गरिरहेकोछ ।
विषेश गरि बौद्ध धर्मावलम्बी र शान्तिकामी महिलाकालागि पवित्र र ऊर्जानिय मार्ग स्थल हुन्छ । कस्तो रैछ ? मायादेवी सुत्केरी भई शिशु वालकलाई लिएर राजमहल फर्केको बाटो, अवस्था र माटो कस्तो रैछ । धेरै उपासिकाहरु हेर्न लालायीत छन् । संसारमा अहिंसाको अभियान चलाउने शिखर पुरुष जन्म दिने नेपाल र नेपाली माटो टेक्न धेरै उत्सुक छन् । त्यही भएर सुत्केरी मार्गको बाटो देखाएर अध्यात्मिक उर्जा प्रदान गर्न लागेको कोषका सद्भावना राजदूत पा“डेकाजीले बताए । यो टे«लको विकास हुना साथ सबै जना पर्यटनसंग जोडिन्छन् । स्थानीय व्यापार बढ्छ । पर्यटनसंग रोजगारी हुन्छ । सबैलाई फाईदा पुगेर यो क्षेत्रकै विकास हुने अवस्था आउने युनेस्को परामर्शदाता स्क्ररोमले बताए ।
पर्यटकीय गन्तब्य बनाउन बाटो पहिचान गरियो । आउदो फागुन शुक्ल पुर्णिमाकादिन अध्यात्मिक र शान्तिको ऊर्जा प्रदान गर्न सुत्केरी मार्गमा हिडाईने कार्यक्रम तय गरिएकोछ । कसैसंग एक पैसा पनि शुल्क नलिई अपन्त्व प्रदान सुत्केरी मार्गमा हिडाईन्छ । नेपाल र भारतका विभिन्न ठाउमा त्रिपिटक च्यान्टिङ गर्दै आएका अमेरिकी बौद्ध एशोसियसन अध्यक्ष वाङबो डिक्सेसंग कुरा गर्दा उनी पनिसंगै काम गर्न उत्साहित भईन् सद्भावना दूत पाडेले भने । एशोसियसनसंग सहकार्य गरेर अघि बढ्छौं ।
उमेर हेरेर दुरी तय गरिएकोछ । वालक, युवा, अर्धबैंसे र पाका उमेरलाई मध्यनजर गरिएकोछ । सानो बच्चालाई ७ पाईला हिडाईन्छ । अली ठुलो बच्चालाई ७७ मिटर ७ सेण्टीमिटर हिडाईन्छ । वयस्कलाई ७ किमी ७७ मिटर हिडाईन्छ । त्यस्तै बृद्धालाई ७ सय ७७ मिटर हिडान्छ । सबैलाई हिडाउनु अघि ७ पाईला हिडेर सुरु गराईन्छ । भगवान गौतम बुद्धको जीवनमा चार वटा ७ को महत्वपुर्ण अर्थछ । हिडाई सकेपछि सबैलाई प्रसादको रुपमा खिर खुवाईन्छ । बुद्धले बुद्धत्व प्राप्तिकालागि तपस्या गरिरहेका बेला खिर खाएपछि निक्कै ऊर्जा पाए । तत्कालै ज्ञानप्राप्त गरेका थिए । त्यसकारण सुत्केरी मार्गका सबै गतिबिधि बुद्धको जीवन संबन्धित रहेको अनूभुनि गराएर तय गरिएकोछ । भगवान गौतम ज्ञानप्राप्त गरि पहिलो पटक राजधानी कपिलवस्तु फर्केको दिन फागुन शुक्ल पूर्णिमाको अवसर पारेर कार्यक्रम आयोजना गर्न लागिएको हो ।
राजकुमार सिद्धार्थ लुम्बिनीको पिपल वृक्षमुनि जन्मेपछि गा“उको बाटो हुदै राजदरवार तिलौराकोट भित्रयाईएको थियो । सुत्केरी मार्गको प्रचारप्रसार राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा सुरु गरिएकोछ । एक तथ्यांक अनुसार बौद्धधर्म मान्ने विश्वमा करिब एक अर्ब ५० करोड बढी रहेका छन् । त्यस मध्ये आधी बढी महिला छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.