- भैरहवा
औलो रोगको व्यवस्थापन तथा उपचार सम्बन्धि अभिमुखीकरण कार्यक्रम मायादेवी गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको छ । गाउँपालिकाको ८ वटा स्वास्थ्य शाखाका ३२ जना स्वास्थ्यकर्मी सहभागी कार्यक्रममा औलो रोगको परिचय, लक्षण, चिन्ह, उपचार र बच्ने उपायको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदार शाह तथा सेभ द चिल्ड्रेनका सर्भिलेन्स मेडिकल कोर्डिनेटर डा. संजीव रोयले सहजीकरण गरेका थिए । सहजीकरण गर्दै नेपालमा सन् २०२५ सम्म औलो रोग मुक्त गराउने लक्ष्य रहेको बताएका थिए ।
कार्यक्रममा मायादेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले औलोरोग मुक्त गराउने अभियानमा सबै जुट्न र सन् २०२२ सम्म स्थानीय औलो रोगका केश सुन्य गराउने लक्ष्य रहेको बताए ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भास्कर आत्रेयले स्वागत साथै कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाकी नर्सिङ्ग कोर्डिनेटर शर्मिला शर्माले गरेकी थिइन् ।
Get real time update about this post categories directly on your device, subscribe now.