- भैरहवा ।
रुपन्देहीकोे मायादेवी गाउँपालिकामा विद्यालय जाने मध्ये १० देखि १९ वर्षसम्मका किशोरीहरुलाई आइरन चक्की र फोलिक एसिड खुवाउन सुरु भएको छ । गाउँपालिका स्थास्थ्य शाखाको निर्धारित कार्यक्रम अनुसार गाउँपालिकाका १४ वटा सार्वजनिक र ११ वटा संस्थागत विद्यालयमा माघ, फागुन र चैत्रमा लगातार १३ हप्ता र श्रावण, भाद्र र असोजमा १३ हप्ता गरी वर्षमा २६ हप्ता किशोरीहरुलाई आइरन र फोलिक एसिड एकसाथ खुवाउने कार्यक्रम सुरु भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले बताए ।
आइरनको कमिले हुने रक्तअल्पता न्यून गर्ने र किशोरीहरुको पोषण अवस्थामा सुधार ल्याउन किशोरीहरुलाई हरेक हप्ता एक चक्की आइरन र फोलिक एसिड खुवाउन शुरु गरिएको आत्रेयले बताए ।
विद्यालयमा अध्यनरत किशोरीहरुलाई आइरन र फोलिक एसिड खुवाउन स्वास्थ्य शाखाले अघिल्लो हप्ता गाउँपालिका भित्रका २५ विद्यालयका प्रधानअध्यापक, स्वास्थ्य शिक्षा विषयका शिक्षकलाई यसका आइरन फोलिक एसिड खुवाउने तरिका, यसका सामान्य असर र पोषणको महत्वका बारेमा सहिजकरण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको थियो ।
मायादेवीमा विद्यालयमा जाने २१ सय ८६ किशोरीहरुलाई आइरन चक्की खुवाइने र त्यपछि विद्यालय नजाने किशोरीका हकमा भने महिला स्वायंसेविका मार्फत घरै गएर खुवाउने कार्यक्रम रहेको आत्रेयले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.