विश्वमा प्रत्येक एक सेकेण्डमा एक जना मानिसलाई क्षयरोगको संक्रमण
- भैरहवा
समाजमा लुकेर रहेका क्षयरोगका विरामीहरु पत्ता लगाई विरामी संख्या घटाउँदै लाने अभियानमा मायादेवी गाउँपालिकाले काम अघि बढाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले प्रत्येक वार्डमा क्षयरोगका बारेमा जनचेतना फैलाउँदै क्षयरोगी पत्ता लगाई उपचारको दायरामा ल्याउने कार्यक्रम सुरु गरेको स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले बताए ।
गाउँघरमा यो रोग पालेर बसेका, रोग लागेर पनि कसैले केही भन्छ या समाजमा छि छि दुर दुर हुन्छ की भन्दै उपचार नगराई बसेका कोही रहेछन भने तिनिहरुको पहिचान गरी उपचारमा ल्याई क्षयरोगका विरामीहरु न्यूनिकरण गर्ने अभियान रहेको छ, आत्रेयले भने। स्वास्थ्य शाखाले यो अभियानको प्रथम चरणमा गाउँपालिका वार्ड नम्बर २, ३ र ४ का महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई कम्हरिया स्वास्थ्य चौकीमा तालिम दिएको छ ।
उनिहरुलाई जोखिमयुक्त जनसंख्यामा क्षयरोगी कसरी पत्ता लगाउने र पहिचान कसरी गर्ने भन्ने बिषयमा अभिमुखिकरण गरीएको छ , स्वयंसेविकाहरुलाई क्षयरोग कस्तो रोग हो, लक्षण हरु के के हुन्छन लगायतका बिषयमा प्रशिक्षण दियौ, अव उहाहरु वडाका प्रत्येक घरघरमा गई क्षयरोगका लक्षण भएका व्यक्तीलाई भेटगरी उहाहरुको खकार संकलन गरी ल्याउनु हुन्छ र परिक्षण हुन्छ, आत्रेयले श्रीन्यूज ओके सम्बवाददातालाई भने ।
पहिलो दिन वार्ड नम्बर २,३ र ४ का ३२ जना स्वयंसेविकाहरुलाई स्वास्थ्य शाखा प्रमुख आत्रेय, स्वास्थ्य शाखा नर्सिंग निरिक्षक शर्मिला शर्मा , कम्हरिया स्वास्थ्य चौकीका प्रमुख प्रभु नाथ चौधरी, हेल्थ असिसटेन्ट सुरेश चौधरीले क्षयरोग भनेको केहो, कसरी सर्छ, उपचार बिधि के हुन, लक्षण हरु के के छन भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण लिएका स्वयंसेविकाहरुले बुधवार देखि वडा नम्बर २,३ र ४का सबै घर घरमा गई संभावित बिरामीहरुको खकार संकलन गरी प्रत्येक वार्डको स्वास्थ्य चौकीमा बुझाउने र शुक्रवार सम्म सवैको परिक्षण हुने व्यबस्था मिलाईएको छ ।
यो कार्यक्रम गाउँपालिकाका सवै वार्डमा सुरु हुने र गाउँपालिकाका विभिन्न वार्डहरुमा गरी १६ जना क्षयरोगका विरामीहरु रहेको र उनिहरुको उपचार भैरहेको छ ।लगातार दुई हप्ता देखि खोकी लाग्नु, साँझ पख ज्वरो आउनु, खाना खान मन नलाग्नु दुब्लाउदै जानु, छाती दुख्नु, खकारमा रगत आउनु क्षयरोगका लक्षण हुन र यस्ता लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य सस्थामा मा चेकजाचका लागी जानु पर्छ ।
केहो क्षयरोग
क्षयरोग अर्थात ट्युवरकुलोसिस (सामान्य बोलीचालीमा टिबि ) माइकोब्याक्टेरिएम ट्युबरकुलोसिस (Mycobacterium tuberculosis) भन्ने सुक्ष्म जीवाणुको संक्रमणबाट लाग्ने सरुवा रोग हो ।
संस्कृतमा यसलाइ राज्यक्षमा पनि भन्ने गरिन्छ । यो रोगले सरिरको क्षय गर्ने भएकोले नै यसलाइ क्षयरोग भनिएको हो । यसलाइ महारोग अर्थात रोगहरुको राजा पनि भन्ने चलन रहेको छ । क्षयरोग मुख्यतया फोक्सोको रोग भएतापनि सरिरका अन्य अंग जस्तै हाड , मस्तिष्क , आन्द्रा लगायतका भागमा पनि यसले संक्रमित गर्न सक्छ । क्षयरोगको जीवाणु हाछ्युँ गर्दा वा खोक्दा हावा सँगै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । यो जीवाणु सन् १८८२ मा रोबर्ट कोचले पत्ता लगाएका हुन् ।
जीवाणु पत्ता लागेको एक शताव्दी भैसक्दा र यो रोग निको पार्ने प्रभावकारी औषधी र रोग लाग्न नदिने खोपको व्यापक प्रयोग भैरहदा पनि क्षयरोग विश्व भरी नै मुख्य स्वास्थ्य समस्याको रुपमा रहदै आएको छ ।विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक एक सेकेण्डमा एक जना मानिसलाई क्षयरोगले संक्रमित गर्ने गरेको छ ।
विश्वका एक तिहाइ मानिस क्षयरोगबाट संक्रमित छन् । यद्यपि असाध्य र महारोग मानिएको क्षयरोगको उपचार सहज बन्दै गएकोले यो रोगबाट प्रभावित हुने र ज्यान गुमाउनेको संख्या कम भएको छ । तरपनि नेपालको केही ग्रामिण क्षेत्रमा व्याप्त रोग र रोगीप्रतिको नकारात्मक सोच र लापरवाहीले गर्दा रोगीले अनाहकमा ज्यान गुमाईरहेका छन् । तसर्थ क्षयरोगबारे पुर्ण जनचेतनाको खाँचो छ ।
Get real time update about this post categories directly on your device, subscribe now.