- भैरहवा
सुप्रिम सिमेन्ट उद्योग प्रा.लि. रुपन्देहीले मायादेवी गाउँपालिकालाई १० थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । गाउँपालिकाले आफ्नै सभा भवनमा सञ्चालनमा ल्याउन लागेको १० शैयाको आइसोलेशन सेन्टरको प्रयोजनार्थ अक्सिजन सहितको सिलिण्डर प्रदान गरेको उद्योगका महाप्रबन्धक सरोज कुमार पौडेलले बताए ।
गाउँपालिकाले कोरोना पोजिटिभ बिरामीहरुका लागि आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउन लागेको र अक्सिजन सिलिण्डर नहुँदा समस्या आएको जानकारी प्राप्त भए पछि उद्योगमा रहेको जगेडा सिलिण्डर उद्योग रहेकै गाउँपालिकालाई प्रदान गरेको पौडेलले बताए ।
१० थान ग्याँस सहितको सिलिण्डर र ३ वटा सिलिण्डरमा प्रयोग हुने उपकरण सहित उद्योगका महाप्रबन्धक पौडेल, अधिकृत अजय पारीखले मायादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयलाई गाउँपालिका कम्हरियानै पुगि हस्तान्तरण गरेका थिए ।
कोभिड आइसोलेशन सेन्टर सञ्चालनमा अक्सिजन सिलिण्डर प्रदान गरी ठूलो सहयोग गरेको भन्दै आभार प्रकट गरेका थिए । सुप्रिम सिमेन्ट उद्योग मायादेवी गाउँपालिकाको गुरुबनिया क्षेत्रमा रहेको छ ।
आत्रेयका अनुसार १० शैयाको आइसोलेशन सेन्टर सोमबारदेखि सञ्चालन हुनेछ । त्यहाँ १ चिकित्सक, २ नर्स सहित स्वास्थ्य प्राविधिक सेवामा खटिने जनाइएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.