श्रीन्यूजओके रिपोर्टर, भैरहवा ।
भिम अस्पताल भैरहवामा एचडियु (हाई डिपेन्डेन्सी युनिट) स्थापनाका लागि ३ करोड रुपैयाँ आउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को महामारी व्यवस्थापनको लागि मुलुकका बिभिन्न केन्द्रीय अस्पताल र प्रादेशिक/जिल्ला अस्पतालमा एचडियु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार बजेट अर्थमन्त्रालयसंग माग गरेकोमा अर्थमन्त्रालयले जेठ २ गते निर्णय गरेको थियो ।
अर्थ मन्त्रालयको निर्णयसंगै भैरहवाको भिम अस्पतालका लागि पनि ३ करोड रुपैयाँ आउनेछ । साथै बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालका लागि ९ करोड ८० लाख रुपैयाँ मन्त्रालयले बिनियोजन गरेको छ ।
अर्थमन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयललाई बिनियोजन भएको रकमको सिमा भित्र रही खरिद कार्य अघि बढाउन र दायित्व सिर्जना भए पछि रकम माग गर्न आग्रह गरेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.