- श्री न्यूज ओके रिपोर्टर: भैरहवा
सिद्धार्थनगर नगर पालिकाले सिद्धार्थ बस पार्क भैरहवामा सञ्चालनमा ल्याएको आईसोलेशन सेन्टरलाई रोटरी क्लव अफ भैरहवाले तिन थान अक्सिजन कन्सनट्रेटर मेशिन प्रदान गरेको छ ।
उक्त सामग्री रोटरी क्लव अफ भैरहवाका सस्थापक अध्यक्ष राजकुमार गुप्ताले सिद्धार्थनगर नगरपालिकाका उप प्रमुख उमा काफलेलाई आज हस्तान्तरण गर्नु भयो ।
सामग्री बुझदै उप प्रमुख काफलेले बर्तमान समयमा अक्सिजन सिलीण्डर ग्यासको अभाव भएको समयमा यो मेशिनले केही राहत पुग्ने जनाउदै सहयोगका लागि आभार प्रकट गर्नु भयो ।
कोभिड १९ को महामारीमा अस्पतालहरुमा बिरामीलाई अक्सिजन अभाव भैरहेको सन्दर्भमा यो अक्सिजन कन्सनट्रेटर मेशिनले केही मद्धत पुग्ने हुनाले प्रदान गरीएको सस्थापक अध्यक्ष गुप्ताले बताउनु भयो ।
सोही क्रममा क्लवले आईसोलेशन सेन्टरको प्रयोजनको लागि ४ सय लिटर डिसइन्फेक्सन केमिकल समेत प्रदान गरेको कार्यक्रमका समन्वय एवं संयोजन कर्ता रोटरी क्लव अफ भैरहवाका पुर्ब अध्यक्ष सञ्जीब शर्मा रेग्मीले बताउनु भयो । ह्स्तान्तरण गरीएको सामग्रीको मुल्य पौने ४ लाख रुपैया बराबरको छ ।
कार्यक्रममा रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल भुटानका असिसटेन्ट गभर्नर खिम बहादुर कार्कि, सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ का वडा अध्यक्ष थानेश्वर पौडेल, रोटरी क्लव अफ सिद्धार्थनगर लुम्बिनीका बर्ष २०२१।२२का अध्यक्ष राजन जंग राणा,रोटरी क्लव अफ भैरहवाका सदस्य दुष्यन्त थापा मगर सहित उपस्थित थिए ।
यो कार्यक्रमका लागि रोटरी क्लव अफ सिद्धार्थनगर लुम्बिनीको पनि सहकार्य थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.