- श्रीन्यूज ओके रिपोर्टर:भैरहवा
गत २४ घन्टामा रुपन्देहीमा १ हजार १ सय ११ जना कोरोना संक्रमित बिरामीहरु उपचार पछि निको भएका छन् ।
एकै पटक ठुलो संख्यामा निको भएर घर जानेहरुको संख्या रुपन्देहीमा पहिलो पटक देखिएको हो ।
पछिल्लो समय बैशाख एता कोरोना भाईरस संक्रमणको दोश्रो लहरको कारण बैशाख अन्तिम सम्मनै कोरोना संक्रमितहरुको संख्या बढीरहेकोमा पछिल्लो केही दिनबाट उपचार पछि निको भएर घर जानेको संख्या बढदो र संक्रमितहरुको संख्या घटदो रहेको स्वास्थय कार्यालय रुपन्देहीका प्रुख डा. राजेन्द्र गिरीले सामाजिक सञ्जालमा लेखेका छन् ।
रुपन्देहीमा अहिले मृत्यु दर पनि घटेको छ ।
सोमबार स्वास्थ्य कार्यालयले सार्बजनिक गरेको तथ्यांक अनुसार २४ घन्टामा १ हजार ३ सय ६६ जनाको पिसिआर परिक्षण गरिएकोमा ३ सय ७७ जनाको पोजिटिभ आएको छ । त्यसै गरी कोरोना भाईरसका कारण उपचारका क्रममा ११ जनाको मृत्यु भएको छ ।
रुपन्देहीमा होम आईसोलेशनमा ६ हजार २ सय ७३ जना रहेका छन् भने चिन्ह लक्षण भएको कोरोना संक्रमितहरुको संख्या ३ सय ५५ रहेका छन् । उनिहरुको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल धागो कारखाना कोभिड अस्पताल, भैरहवा स्थित भिम अस्पताल, युनिभर्शल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगायतका अस्पताल साथै स्थानिय तहका बिभिन्न आइसोलेशन सेन्टर तथा कोभिड अस्थाई अस्पतालमा उपचार भैरहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।
Get real time update about this post categories directly on your device, subscribe now.