श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
साहित्यकार एवं जेष्ठ नागरिक बनमाली निराकारले कोरोना भाइरस बिरुद्धको खोपको दोस्रो डोज कहिले लगाउन पाइएला भनेर सोध्दै सामाजिक सञ्जाल फेसबुकको आफ्नो र पन्नामा सानो भलाई राख्नु भएको छ । पहिलो डोज लगाएको १ महिना भित्र दोस्रो डोज लगाउनु पर्ने भनेर खोप कार्डमा उल्लेख भए पनि खोप लगाएको ७२ दिन पुग्दा पनि दोस्रो खोप लगाउन नपाएका उहाँ जस्तै हजारौं अहिले खोपको प्रतिक्षामा छन्। निराकार भन्छन, ‘अब समय घर्केर दोस्रो खोप लगाउँदा पहिलो खोपको महत्व रहन्छ या रहदैन, यदी समयमा लगाउन सकिदैन भने जनताको स्वास्थ्यमा खेलाँची किन ?’
उहाँको भनाई जस्ताको तस्तै तल प्रस्तुत छ ।
१. खोपको दोस्रो डोज कहिले लगाउन पाइएला ?
२ .पहिलो डोजको असर कति दिन रहन्छ ?
३. यो असर १ महिना, २ महिना, ३ महिना या जतिपनि अन्तरसम्म रहन्छ ? खोप लगाएको २ महिना र १२ दिन बितिसक्यो ! जति पनि समय असर रहने भए कार्डमा १ महिना किन लेखियाे ?
४. कोभिशिल्ड खोप लगाएकाहरुले अर्को कम्पनीको खोप लगाउन हुन्छ कि हुँदैन ?
५. अब जेठ महिना भित्र कोभिशिल्ड खोप नआए फागुन २३-२५ मा पहिलो डोज लिएका हजारौं जनताको के हुन्छ ?
६. सरकारी नभए निजीतवरमा आफै पैसा तिरेर खोप लगाउने व्यवस्था कतै छ कि ??
७. खोप नआउने र लगाउन पनि नपाउने हो भने त हजारौं जनताको जीवनसँग खेलवाड भएन र ?


Get real time update about this post categories directly on your device, subscribe now.