श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
कोरोना संक्रमणका कारण रुपन्देहीका पत्रकार हिक्मत चौधरीको निधन भएको छ । चौधरीको उपचारका क्रममा बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आज बिहान सवा ३ बजे निधन भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।
कोरोना संक्रमण देखिए पछि सुरुमा तिलोत्तमा नगरपालिकाको शंकरनगर स्थित आइसोलेशनमा उपचार भएकोमा त्यसपछि थप उपचारका लागि कोरोना विशेष अस्पतालमा लगिएको थियो । अस्पतालमा चौधरीको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज विहान निधन भएको हो ।
रेडियो लुम्बिनीमा डेढ दशकसम्म कार्यरत पत्रकार चौधरी गत वर्ष कोरोना भाइरसका कारण रोजगार गुमाएका थिए । तिलोत्तमा नगरपालिका निवासी ६१ वर्षिय चौधरीका श्रीमती, २ छोरा र ४ छोरी छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.