- भैरहवा
टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि.ओमसतियाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाको कटैया स्थित मुख्य कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा संस्थाका कर्मचारी, शेयर सदस्य साथै स्थानीय युवा युवतिहरु सहभागी थिए ।
कोरोना भाइरसको संक्रमण र जोखिम बढिरहेको समयमा उपचारका लागि अस्पताल पुग्ने विरामीहरुका लागि रगतको अभाव नहोस् भन्दै रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका मुख्य प्रवन्धक लक्ष्मण श्रीसले बताए ।
रक्त सञ्चार सेवा इकाई भैरहवाको प्राविधिक सहयोग रहेको कार्यक्रममा ५१ जनाले रक्तदान गरी ५१ युनिट रगत सङ्कलन भएको रक्तदान कार्यक्रम संयोजक भिष्म के.सी.ले जानकारी दिए । संस्थाका अध्यक्ष डि.बी. थापाले रक्तदाता युवतिलाई ब्लड ब्याग प्रदान गरी कार्यक्रम सुरुवात गरेका थिए ।
स्थानिय प्रशासनको अनुमति लिएर साथै स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार भिम बहादुर पुन, सञ्चालक बल बहादुर थापा, युवा तथा सामाजिक उपसमिति सदस्य छविलाल पौडेल, अजय भट्टराई लगायतको उपस्थिति थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.