- भैरहवा
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले रुपन्देहीमा संक्रमण दर अझै बढी भएको बताएका छन् । डा. गिरीले रुपन्देहीमा एक हप्ताको ट्रेन्ड हेर्दा समुदाय स्तरमा गरिएको एन्टीजिन परीक्षण्मा संक्रमण दर ८ दशमलव ६ प्रतिशत रहेको र आरटी पिसिआरबाट गरिने परीक्षण (बढी लक्षण सहित) बाट संक्रमण दर २५ देखि ३० प्रतिशतसम्म देखिएको बताए ।
डा. गिरीका अनुसार पहिलेको तुलनामा कोरोना पोजेटिभका केसहरु घटेपनि अहिलेको संक्रमण दर पनि उच्च रहेको छ । ‘पहिला भन्दा धेरै घटेको छ तर जति धेरै र छिटो गतिमा घट्नु पर्ने हो, घट्न सकेको छैन्’ डा. गिरीले भने ।
‘अहिले समुदाय स्तरमा एन्टीजेन परीक्षण सुरु भएको छ, तर सहभागिता कम छ, लक्षण देखिएकाहरु, संक्रमित पुष्टी भएकाहरुसंग एकदम निकट भएकाहरुलाई परीक्षण गर्नु हुन म अनुरोध गर्दछु’ डा. गिरीले भने । रुपन्देही जिल्लामा कोरोनाको दोश्रो लहर सुरु भएसंगै वैशाख ३१ गतेसम्म कोरोना संक्रमित सक्रृयको संख्या ७ हजार ४ सय ८ पुगेको थियो भने यो संख्या घट्दै जेठ २१ मा आउँदा १५ सय ७२ पुगेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.