- भैरहवा ।
एसओएस बालग्राम लुम्बिनीले भैरहवा स्थित भिम अस्पतालको प्रयोजनका लागि विभिन्न स्वास्थ्य सामग्री तथा उपकरणहरु प्रदान गरेको छ । संस्थाले अस्पताललाई प्रेसर नाप्ने मेसिन–६ थान, इडान कम्पनीको इ सी जी मेसिन–१ थान, इसीजी पेपर– ८ रोल, अक्सिमीटर–१० थान, तिन पत्रे सर्जिकल मास्क–५ सय थान, सर्जिकल पन्जा –१ हजार थान, स्यानीटाइजर – ५ लि. को –१० थान, कोलोरिन ५ लि. को – २ थान, पीपीइ सेट – १४ थान प्रदान गरेको छ ।
उक्त सामग्री तथा उपकरणहरु एसओएस बालग्राम लुम्बिनीका प्रमुख श्री गोबिन्द प्रसाद ढकाल र एसओएस परिवार सबलीकरण कार्यक्रमका प्रमुख ज्योत्सना राणाले भिम अस्पताल विकाश समितिको अध्यक्ष नारायण प्रसाद भण्डारीलाई हस्तान्तरण गरेको एसओएस बालग्राम लुम्बिनीका खेल प्रशिक्षक कोशिश खड्काले बताए ।
एसओएसका संस्थापक प्रो. डा. हर्मन माइनरको जन्मदिनको अवसर पारेर सामग्री हस्तान्तरण गरिएको हो । सन् १९८६ जुन २३ देखि विश्वभर एसओएस दिवस मनाइने गरिन्छ । यस पटक ३५ आैं एसओएस परिवार सबलिकरण कार्यक्रम लुम्बिनीले भिम अस्पतालबाट माग भएबमोजिमका स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गरिएको एसओएस बालग्राम लुम्बिनी का प्रमुख गोबिन्द प्रसाद ढकालले बताए ।
अस्पतालका अध्यक्ष नारायण भण्डारीले पछिल्लो समय अस्पताललाई विभिन्न संघसस्था तथा व्यक्तिगत रुपमा पनि सहयोग गर्ने क्रम बढीरहेको जनाउँदै बालबालिका सम्वद्ध संस्थाले सहयोग उपलब्ध गराउनु सह्रनीय कार्य रहेको बताए ।
कार्यक्रममा अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट शकुन्तला गुप्ता, एसओएस परिवार सबलिकरण कार्यक्रम लुम्बिनीका कार्यक्रम अधिकृत बिनयराज श्रेष्ठ, एसओएस बालग्राम लुम्बिनीका काउन्सिलर इन्द्रा कुँवर, एसओएस युवालय लुम्बिनीका काउन्सलर मीना पोख्रेल , एसओएस किन्डरगार्टेन लुम्बिनिका शिक्षिकाहरु कविता थापा, माला सुनार ,रुक्मा थपलिया, समाजिक परिचालक प्रेरणा भुजेल, राकेश अहिरको उपस्थिती थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.