- बिशन गुरुङ्ग
भैरहवा ।
दुबै मृगौला बिग्रेर समस्यामा परेका बिरामी प्रविण कुमार परियारलाई लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले ५१ हजार रुपैया सहयोग प्रदान गरेकोछ । परियार सानै छदा वर्माबाट चितवनको वेल्डीया भन्ने स्थानमा परिवारसँग बस्दै आएका थिए । रोजगारी का लागि १७ वर्ष का हुदाँ भारत गएका उनी ३ वर्षसम्म बसेर फर्केका थिर । अहिले परिवारसंगै सिद्धार्थनगर–९, भाग्यपथ (भानुपथ) मा बस्दै आएका उनी बिरामी हुनु अघिसम्म बस, ट्रकचलाई परिवार खर्च चलाएका थिए ।
नौं महिना अघि दुबै मृगौलामा खराबी देखिएको थियो । आर्थिक अवस्था कमजोर रहेको उनको उपचारमा सरसापटीबाट लाखौ खर्च भएको छ । उपचारमा ऋण लागेको छ । उपचारमा केही सहयोग होस् भन्दै लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले ५१ हजार सहयोग गरेको क्लबका अध्यक्ष गोविन्द प्रसाद गिरीले बताए । रकम सहयोग पाउँदा परिवारलाई राहत भएको गिरी बताउछन् ।
कार्यक्रममा प्रमुख अतिथि नवराज न्यौपाने, लायन्स क्लब अफ ३२५ बि.टु. सेकेन्ड डिष्ट्रिक्ट गभर्नर, विजय पाण्डे लायन्स क्लब अफ ३२५ बि.टु. डेपुटी सेक्रेटरी, युवराज बराल मगर वडा नं. ९ का वडा सदस्य , कार्यक्रम संयोजक इरफान वारिस लगायतले सहयोग मानविय काम भएको बताएका थिए । कार्यक्रममै आज पर्न गएको वैवाहिक वर्ष उत्सवको उपलक्ष्यमा सुरज भण्डारीले आफ्नो व्यक्तीगत तर्फबाट रु. ५१ सय रुपैयाँ बिरामीलाई सहयोग गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.