- भैरहवा ।
मायादेवी गाउँपालिका वडा नम्बर ८ सुगरमिल लुम्बिनी रोडमा सिद्धार्थनगर सिटी अस्पताल स्थानान्तरण भई सञ्चालनमा आएको छ । यस अघि सिद्धार्थनगर नगर पालिका वडा नम्बर ८ बुद्धचोकमा भाडाको भवनमा सञ्चालन हुँदै आएको अस्पतालले विशिष्टीकृत सेवा थप्दै आफ्नै अत्याधुनिक भवन निर्माण सम्पन्न गरी सुचारु गरेको सिद्धार्थनगर सिटी अस्पतालका अध्यक्ष एवम् मृगौला रोग विशेषज्ञ डा. सुवोध कुमार पाण्डेले बताए ।
सोमवार अस्पतालमा आयोजित पत्रकार भेटघाटमा नयाँ भवन, विशिष्टीकृत सेवा लगायतका विषयमा जानकारी दिइएको थियो । विशिष्टीकृत सेवामा यस क्षेत्रमै पहिलो पटक निसन्तानहरुका लागि टेष्ट ट्युब बेबी सेवा छिट्टै उपलब्ध हुने डा. पाण्डेले बताए । उनका अनुसार कपाल ट्रान्सप्लान्ट सेवा सुरु भइसकेको डा. पाण्डेले बताए ।
नयाँ भवनमा पूर्ण रुपमा अस्पतालबाट सेवा सञ्चालन गर्ने इच्छा हुँदाहँुदै पनि कोभिड महामारीका कारण अहिले अत्यावश्यक सहितका केही विशिष्ट सेवाहरु मात्र उपलब्ध गराएको र अवस्था सहज भए लगत्तै पूर्ण रुपमा सञ्चालनमा आउने अध्यक्ष पाण्डेले बताए ।
उपचारका लागि आउने बिरामीहरुलाई अन्यत्र रिफर गर्ने अवस्था आउन नदिने गरी दक्ष एवं अनुभवी चिकित्सकबाट सेवा प्रदान गरिने र गुणस्तरीय सेवाको लागि प्रतिवद्ध रहेको डा. पाण्डेले पत्रकार सम्मेलनमा बताए । सिद्धार्थनगर सिटी हस्पिटलले थप अध्याधुनिक भवन निर्माण गरी मुख्य रुपमा विशिष्टकृत सेवाका रुपमा ट्रमा सेन्टरको अवधारणा ल्याई छुटै वार्ड बनाइएको अस्पतालमा प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए ।
यस क्षेत्रमा सडक दुर्घटना बढी हुने र ट्रमा अस्पताल नरहेकोले यो अस्पताललाई ट्रमा विशेष अस्पतालका रुपमा लैजाने योजना अस्पताल व्यवस्थापनको हो, प्रबन्ध निर्देशक पौडेलले बताए । निसन्तानहरुको सुबिधाका लागि छिटै टेष्ट ट्युब बेबी सेवा समेत उपलब्ध हुने पौडेलले जनाए ।
७० करोड रुपैयाँ भन्दा बढी लगानी भएको अस्पताल भवन निर्माणसंगै त्यहाँ उपचारमा प्रयोग हुने आधुनिक प्रविधि एवं उपकरणहरु ल्याइएको पौडेलले जनाए ।
५५ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको अस्पताल भवन नेपाल सरकारको नयाँ निर्देशिका तथा मापदण्ड अनुरुप १ सय शैयाकोे छ । अस्पताल भवन अन्डरग्राउण्डसँगै ६ तलाको रहेको छ । अस्पतालमा बिरामीलाई स्टेचरमा गुडाएर लैजानलाई ठूलो ¥याम्प र २ वटा आकस्मिक बिरामी स्टेचर एकै पटक लैजान मिल्ने लिफ्ट समेत रहेको छ ।
हस्पिपटलका सबै वार्डहरुमा भेन्टिलेशन र सेवा लिन आउने बिरामीको लागि छिट्टै सेवा दिन प्रत्येक विभागलाई कम्प्यूटरको माध्यमबाट डिजिटल माध्यमले काम गराइने पौडेलले बताए । आकस्मिक बिरामी धेरै आउने भएकोले १५ शैयाको आकस्मिक कक्ष (ईमरजेन्सी वार्ड) रहेको छ । जसमा सिकिस्त, अति सिकिस्त र सामान्य गरी ३ किसिममा वर्गिकरण गरिएको अस्पतालका निर्देशक डा. अमित चतुर्बेदीले बताए । अस्पतालमा आइसियु तथा एनआइसियु सेवा, छालाको लेजर सर्जरी, कपाल प्रत्यारोपण सेवा, सिक्सटि फोर स्लाईस सिटी स्कयान, भेन्टिलेटर सुविधा सहितको आइसियु वार्ड समेत रहेको डा. चतुर्बेदीले बताए ।
मुटु बिरामीका लागि विशेष सेवा दिने उद्देश्यले जर्मनीमा निर्मित मेशिनको प्रयोग गरिने र जसबाट इको, टिएमटि, होल्टर र मोडेलर सिसियूद्वारा बिरामीको परीक्षण गरिने उनले जनाए ।
अस्पतालमा ३ वटा मोडुलर अत्याधुनिक अपरेशन कक्ष यस क्षेत्रमा नै पहिलो पटक सञ्चालनमा रहेको बताइएको छ । मोडुलर ओ.टी मोडुलर आई.सि.यु मा बिरामीहरुमा संक्रमण तथा जोखिम अत्यन्त कम हुने, मुटुका विरामीहरुलाई सेवा दिनका लागि जर्मनमा निर्मित मेसिनद्वारा ईको, टिएमटी, हल्टर र मोडुलर सिसियु सञ्चालन हुने बताइएको छ ।
त्यसै गरी मोडुलर ओटीमा न्यूरो, हाडजोर्नी, सामान्य सर्जरी, महिला सम्बन्धी सम्पूर्ण शल्यक्रिया हुने जनाएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीहको सहजताका लागि घरायसी वातावरण भएको वातानुकुलीत सुविधा सम्पन्न क्याविन रहेको र अस्पताल नजिकै अन्तर्राष्ट्रिय विमानस्थल, २० कि.मि. दुरीमा बुद्ध जन्मस्थल लुम्बिनी समेत रहेकोले त्यहाँ आउने विदेशी पाहुनाहरुलाई लक्षित गरी स्विट रुम सुविधाका उपचार कक्षहरु बनाइएको जनाइएको छ ।
अस्पतालमा स्थानीय ख्यातीप्राप्त चिकित्सक र अनुभवी काठमाडांैका चिकित्सकहरुबाट विशेष किसिमको सेवा सञ्चालन भएको बताइएको छ । अस्पतालको सेवाग्राहीहरु रुपन्देही मात्र नभई प्यूठान, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, नवलपरासी, र सिमावर्ति भारतका ४० किलोमिटर टाढा सम्मबाट आउने गरेका छन् । डाईलासिस सेवाका लागि भारतबाट समेत आउने गरेको अध्यक्ष डा. पाण्डेले बताए ।
नयाँ भवनमा थप विशिष्टकृत सेवा सुबिधा उपलब्ध भएपछि सेवाग्राहीलाई थप मद्धत पुग्ने अस्पतालले जनाएको छ । यो अस्पताललाई सिटी अस्पतालको रुपमा लैजाने र बिरामी पर्दा नजिकको अस्पताल, स्वास्थ्यसेवा केन्द्रमा लैजाने प्रचलन अनुसार अस्पतालबाट छिटो छरितो गुणस्तरीय स्तरीय सेवा प्रदान गर्नेे बताइएको छ । अस्पताल भैरहवा नजिकै रहे पनि भुगोलको हिसाबले भने मायादेबी गाउँपालिकामा पर्दछ । रुपन्देहीका गाउँपालिकाहरु मध्ये रहेको स्वास्थ्य केन्द्र अस्पतालमा यो सबैभन्दा ठूलो हो ।
Get real time update about this post categories directly on your device, subscribe now.