- भैरहवा ।
कञ्चन गाउँपालिका वडा नम्बर ५ बर्गदहवा, रुपन्देहीकी ४८ वर्षिय सिता पाण्डेले आफ्नी छोरी आयुषालाई मृगौला प्रदान गरी नयाँ जिवन दिन सफल भईन् । भक्तपुर स्थित शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा गत असार २९ गते पाण्डेले २६ वर्षिया छोरी आयुषालाई मृगौला मात्र दिईनन नयाँ जिवननै दिइन् ।
अहिले यस्तो कोरोनाको विषम अवस्थामा पनि उपचार संभव भयो, त्यो पनि आफ्नै देशमा, हामी निकै खुसी छाैं, चिकित्सक लगायतको टोलीले हाम्रो परिवारमा नयाँ खुसील्याईदिनु भएको छ, पाण्डेले टेलिफोनमा भनिन् ।
हाम्रो परिवारका ३३ महिना मानसिक तनाबमा बिते । मध्यममा पनि सामान्य परिवारका हामी, मृगौला रोगको उपचार बारे खासै जानकारी समयमै पाउन सकिएन, राम्रो बाटो देखाउने कोही भएका भए समयमै उपचार हाम्रै देशमा हुँदो रहेछ । अहिले प्रत्यारोपण सफल भयो, उनले भनिन् । उपचारमा कति खर्च लाग्छ भन्ने पनि थाहा थिएन् । पछि बुझ्दै जाँदा प्रत्यारोपणका लागि सरकारले ५ लाख रुपैयाँ प्रदान गर्ने थाहा भयो, उपचारमा पैसा नपुगे घर घडेरी बिक्री गर्ने योजना बनाएका थियाैं, पछि सहयोगी महानुभाव, संघसस्थाहरुबाट पनि सहयोग जुट्यो । सरकारको आर्थिक सहयोगले हामी जस्तो सामान्य आर्थिक हैशियतका लागी धेरै मद्धत पुग्दो रहेछ, पाण्डेले भनिन् ।
छोरी आयुषा २३ वर्ष लाग्दा २०७५ साल कार्तिक/ मंसिर तिर मृगौलाको बिरामी भएको पत्ता लागेको थियो । घरकी जेठी छोरी, हाम्रो आशा, भरोसा यही थिई, मृगौला खराब भएको सुरुमा बताइन, १५ दिन पछि आफैले बताइन् । विहेको कुरा चलेको छोरीको दुबै मृगौला बिग्रेको खबरले मुर्छित जस्तै भएकी थिए म उति बेला, पाण्डेले भनिन् ।
मैले त्यति बेलै निर्णय गरीसकेकी थिए, अब म आफै मृगौला दिएर यस्लाई बचाउछु भनि ।
त्यति बेला पनि केही आशा थियो, औषधि मुलो गरे निको हुन्छ भन्ने । तर पछि डाइलासिस अथवा प्रत्यारोपण गर्नै पर्ने भयो । प्रत्यारोपणका लागि कोरोना भाइरसका कारण मिल्दै मिलेन, छोरीको जीवन लम्ब्याउन डाइलासिस सुरु भएको थियो २०७७ भाद्र बाट । माघ महिनाको तेश्रो साता तिर बाट भैरहवाबाट भक्तपुर आएर प्रत्यारोपणको तयारी सुरु भयो ।
आमा छोरी दुबैको परिक्षण भइसकेको थियो तर वैशाखमा कोरोना फेरी बढेपछि अस्पतालले पछि आउन भनेर फिर्ता पठायो ।
असार पहिलो साताबाट पुनः भक्तपुर आएर प्रकृया अघि बढाएकोमा असार २९ गते प्रत्यारोपण सफल भयो । एउटै छोरीलाई दुई पटक जन्म दिए मैले, पाण्डेले भनिन् । ४८ वर्ष पुगिसके म । मिल्ने भएत दुबै मृगौला छोरीलाई दिन्थे, पाण्डेले भावुक हुदै भनिन् ।
डाइलासिस गर्दा कहिले एती धेरै समस्या आउथियो की छोरीको छटपटाहट हेर्न नसक्ने भएकी थिए । राम्ररी उपचारनै गराउन नपाई छोरीलाई गुमाउन पर्ने त होईन भन्ने सोचाई मनमा जहिले खेली राख्थ्यो । त्यसैले पनि छिटो भन्दा छिटो प्रत्यारोपणको प्रयास मेरो थियो । कति रात नसुति बितेका थिए ।
समाज र देश हाकेर हिड्ने बेलाकी छाेरीकाे याे अवस्था देख्दा कसकाे मन रून्न हाेला र ? पानी पनि नापेर खानु पर्ने अवस्थामा रहेकी मेरी छोरीले अव नयाँ जीवन पाएकी छे । अब त दैनिक ५।६ लिटर पानी पिउन सक्ने भइसकेकी छ । खाना पनि राम्रो खान्छे । यस्तै गरेर सुधार भयो भने असोजमा अफिस जान सक्ने हुन्छे । भैरहवामै एक सरकारी कार्यालयमा करारमा छोरीकोे जागीर रहेको उनले बताइन् ।
प्रत्यारोपण हुनु अघिसम्म हामी एकै वार्डको वल्लो पल्लो बेडमा थियौं । शल्यकृयाका लागि बिहान साढे नौ बजे तिर अलग अलग शल्यकृया कक्षमा लग्नु भएका चिकित्सकले पहिला मेरो मृगौला झिकेपछि मात्रै छोरीको शल्यकृया गरी प्रत्यारोपण गर्नु भएको पछि थाहा पाए । प्रत्यारोपणको ४ दिनमा म र ७ दिनमा छोरीको डिस्चार्ज भयो, ‘अहिले हामी आमा छोरी दुबैको स्वास्थ्य राम्रो छ, प्रत्यारोपणमा सहयोग गर्नु हुने सबैमा धन्यवाद दिन चाहन्छु,’ उनले भनिन् ।
उता आमाको मृगौला प्राप्ती पछि आफुले नयाँ जिवन पाएको आयुषाले बताइन् । अब आफ्नो स्वास्थ्यसंगै आमाको स्वास्थ्यको जिम्मेवारी पनि छ, निकै खुशी छु, यस्तो कोरोना महामारीको बिचमा पनि प्रत्यारोपण संभव भयो, सबैलाई धन्यवाद् भन्छु म, बिशेष गरी उपचारमा मलाई सहयोग गर्ने सबै प्रति जिन्दगी भर ऋणी रहनेछु, उनले भनिन् । आयुषाले उपचारका लागि आर्थिक संकट होलाकी भन्ने बेला मेरो स्वास्थ्य स्थिति बारे थाहा पाइसकेपछि मेरो उपचारमा सहयोग जुटाउन ‘न्यूज ओके पत्रिका मार्फत जुन अभियान चलाइयो, त्यो म कहिले भुल्न सक्दिन,’ उनले भनिन् ।
जब म उपचारका लागि विकल्पका बाटोहरू खोज्दै थिए त्यहि वेला मेरा हिम्मत साहस र आट बनेर न्यूज ओके पत्रीका आएको बताउने उनि भन्छिन, जब न्यूज ओकेसंग नजिक भए तबदेखि मेरा सबै समस्या आफ्नै समस्या जस्तै गरि के कसरी समधान गर्न सकिन्छ भनेर ओके परिवार सधै साथमा रह्यो मेरो ।
अस्पतालमा बाहिरी घाउको बरू मलम पाइन्छ, जो कोहिले देख्छन, तर मेरो भित्रि घाउ थियो न जो कोहिले देख्ने न देखाउन मिल्ने खालको । मुहारमा मुस्कान लिएर भित्र केही नभए झै गरि सकी नसकी केही नभए झै गरी हिड्नु पर्ने बाध्यता आफुलाई मात्र थाहा थियो । आफन्तहरु पनि टाढीएका थिए ।
हो त्यहि मेरो भित्री घाउ निको पार्ने मलमपट्टि बनेर सधै मेरो साथ दिदै आज सफल प्रत्यारोपण पछिको पुनरजन्म दिएको न्यूज ओकेलाई धन्यवाद् दिनको लागि मसंग कुनै शब्द नै छैन । आमाले मृगौला दिनु भयो, न्यूज ओकेले हिम्मत, आत्म बिश्वास दियो, साथै आर्थिक सहयोग संकलनमा सघाउ पुरयायो, आयुषाले भनिन् ।
मैले कुनै पुस्तकमा पढेकि थिए नरोकीउ, हार नखाउ, हिड्दै जाँदा तिमिलाई पखेटा बनाउन सिकाउने कुनै योग्य र उदार मान्छे बाटोमा भेट्न पनि सक्छौ जब म पत्रिकाका सम्पादक मनोरन्जन दाइसंग भेटे मेरै लागि भनिए जस्तै लाग्यो त्यो ।
भन्छन नि जीवनमा खसाल्ने पनि भेटिन्छन् र खसेको बेला हात दिएर उठाउने पनि भेटिन्छन । हो मलाई अफ्ठ्यारो परेको बेला मेरा हात समाएर उत्साह र साहस ले भरि मलाई मजवुत बनाएको न्यूज ओके पत्रीका छैठौ बर्ष प्रवेश गरेको अवसरमा आगामि वर्षमा अझै धेरै माया, साथ र सफलता मिलिरहोस उनि भन्छिन् ।
यो पनि पढ्नुहास् छिटै निको हुनेछुः आयुषा
Get real time update about this post categories directly on your device, subscribe now.