- परासी ।
युनाइटेड मिसन टु नेपालको (युएमएन) सहयोग तथा रोटरी क्लब अफ नवलपरासीको सहकार्यमा शनिबार (आज) पृथ्वीचन्द्र अस्पताललाई ४ थान अक्सिजन कन्सन्ट्रेटर मेशिन हस्तान्तरण गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जगदिश चौधरीलाई अक्सिजन कन्सन्ट्रेटर मेशिन हस्तान्तरण गरिएको थियो । नवलपरासीका (बसुप) का प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको उपस्थितिमा भएको कार्यक्रममा मिश्रले युएमएन र रोटरी क्लबले प्रसंसनीय कार्य गरेको बताए । कोभिड १९ को तेश्रो लहरको पूर्व तयारी गरिएको साथै स्वास्थ्यकर्मीले आफ्नो ज्यानको वाजी लगाएर सेवामा खटिएको जनाउँदै प्राप्त स्वास्थ्य उपकरणहरु पूर्ण रुपमा सदुपयाग गर्नु पर्नेमा प्र.जि.अ. मिश्रले जोड दिए ।
गत जेठ २२ गते पृथ्वीचन्द्र अस्पतालमा रोटरी क्लब अफ नवलपरासीले स्थापना गरेको ४ शैयाको आइसियु कक्षको स्तरोन्तनीका लागि ४ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको रोटरी क्लबका प्रेसिडेन्ट इलेक्ट धनपत यादवले जानकारी दिए ।
युनाइटेड मिसन टु नेपाल(यूएमएन) का कलस्टर प्रमुख सबु तामाङ्गले उपलब्ध गराइएको अक्सिजन कन्सन्ट्रेटरले एकै पटकमा दुईजनालाई सेवा दिन सकिने, सञ्चालन सहजै गर्न सकिने र अमेरिकन प्रविधि भएकोले प्रभावकारी रहेको बताइन् । हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष सुमन गोपाल आचार्यले कोभिडको दोश्रो लहरसंगै रोटरी क्लबले मानवताको सेवामा आफूलाई समर्पित गरेको बताए ।
रोटरी क्लबका सचिव राजकुमार रेश्मी, लगायतले अक्सिजन कन्सन्ट्रेटरले अस्पतालमा थप सेवा बृद्धिमा सहयोग मिल्ने बताए ।
याे पनि पढ्नुहाेस् । सिद्धार्थनगर नगर पालिकाको आईसोलेशन सेन्टरलाई रोटरी भैरहवा द्धारा ३ थान अक्सिजन कन्सनट्रेटर मेशिन प्रदान
Get real time update about this post categories directly on your device, subscribe now.