- भैरहवा ।
अरवाज खान ओमसतिया गाउँपालिका वडा नम्बर ६ बालापुरका बासिन्दा हुन् । उनि अहिले २१ वर्षका भए । गत वर्ष कोरोनाको समयमा उनको सडक दुर्घटना भयो । साइकल चलाएर घर तर्फ आउँदै गर्दा श्रीसत्य साई आश्रम बाट अलि तल पट्टी उनी साइकलबाट लडे । घर आए पछि थाहा भयो बाँया हात भाचिएको जस्तो देखियो । माथि उठाउन पनि गाह्रो भयो । उनि नजिकैको क्लिनिकमा गए । चिकित्सकले शल्यकृया गर्नु पर्छ भने । शल्यकृयाको खर्च १ लाख भन्दा बढी लाग्ने अरवाजलाई बताइयो । उपचारका लागि त्यत्रो पैसा खर्चन सक्ने अवस्था नरहे पछि उन्ले अस्थाई रुपमा प्लास्टर गर्न आग्रह गरेर घर आए ।
नजिकै बसन्तपुरमा उनको रोजगार थियो । दैनिक १२ घण्टा काम गरी मासिक १२ हजार रुपैयाँ उनले कमाउथे । घरमा आमा, बुवा र एक भाई छन् । भाईको पनि कलेजोमा खराबी छ । हात भाचिएसंगै रोजगार गुम्यो । बुवा अफताब आलम कपडा सिलाउने काम गर्थे । कोरोना पछिको लकडाउनले त्यो पनि बन्द भयो । ‘‘आर्थिक अवस्था कमजोर रहेको हाम्रो, परिवारमा बिपत्ति पनि एक साथ आयो, केही कमाई गर्ने छोराको हात भाचिएसंगै रोजगारी गयो, कोरोनाको कारणले कपडा सिलाउने काम बन्द जस्तै हुँदा श्रीमान् पनि रोजगार विहीन भए’’ अरबाजकी आमा मजिबुन्नी साहले भनिन् । ‘‘घर खर्च चलाउन पैसा थिएन, उपचारको त कुरै नगरौं ।’’ उनले भनिन् । त्यही क्रममा दुमदुमुवामा वैद्य रहेको र ति वैद्यले ठिक पार्ने भन्दै अरवाजको परिवार त्यहाँ ३ महिनासम्म दौडिए, तर हात उन्निसको बिस भएन् ।
उनका बुवाले केही पैसा सरसापट गरी नजिकै भारतीय शहर कैमपीयर गन्जमा उपचारका लागि जाने निर्णय गरे । त्यहाँ पनि शल्यकृया गर्नु पर्ने र त्यस्का लागि ७० हजार भारतीय रुपैयाँ लाग्ने बताए पछि उनिहरु पैसा नपुग्ने भन्दै उपचारनै नगरी फिर्ता आए ।
यसै क्रममा भैरहवा बजारमा केही संस्थाले सहयोग गर्न सक्ने आमा मजिबुन्नीले थाहा पाए पछि, उनि त्यो संस्थाको खोजीमा लागिन्, एक दुई पटक ति व्यक्तिसँग फोनमा सम्पर्क भए पनि पछि फोननै नउठाउने र आफ्नो फोननै ब्लक गरेको अरबाजले बताए । त्यही संस्था खोज्ने क्रममा लायन्स क्लब अफ भैरहवा बोहिमियन्सका अध्यक्ष कृतेश श्रेष्ठ भेट भए । उनले आफूहरु सहयोग गर्न तयार रहेको र १ हप्ताको समय दिन आग्रह गरे । श्रेष्ठले अरवाजको समस्या क्लबका साथीहरु माझ राखे पछि क्लबकै सदस्य आशिष पन्थीको संयोजकत्वमा आर्थिक सङ्कलन सुरु गर्ने काम भयो । यही क्रममाम श्रेष्ठले उपचारका लागि अस्पताल एवं चिकित्सकहरुसंग कुरा गरे । भैरहवामा उपचार महँगो जस्तो भए पछि श्रेष्ठ बुटवल हानीए । श्रेष्ठले लुम्बिनी सिटि हस्पिटलका चिकित्सक राहुल श्रेष्ठसंग समन्वय गरी अरवाजको शल्यकृयाका लागि पहल गरे । करिब डेढ लाख लाग्ने उपचार खर्च १ लाख रुपैयामै हुने भयो । शल्यकृया र अस्पतालको औषधि खर्च ७०–८० हजार र २० हजार सम्म औषधि खर्च अनुमान सहित परिवारलाई १ लाख रुपैयाँ बोहिमियन्स ले गरे पछि अरवाजको शल्यकृया सफल भयो । उनि अहिले घरमै छन् ।
‘‘लायन्स क्लबको बारेमा सुनेको थिए तर राम्ररी थाहा थिएन, अहिले मलाई सहयोग गर्नु भयो, पैसाको अभावमा उपचार बाट बन्चित थिए, उहाँहरुको सहयोग कहिल्यै बिर्सन सक्दिन ।’’ अरवाजले भने । अब ६ महिनासम्म काम गर्न मिल्दैन भन्नु भएको छ, त्यस पछि ५ किलोसम्म तौल उठाउन सक्छांै भनेर डाक्टरले भन्नु भएको छ, अरवाजले न्यूज ओकेसंग भने ।
‘‘संघ संस्था भनेको नै दिनदुःखी आपतविपतमा परेकालाई सहयोग गर्ने हो, हामीले मानविय नाताले अरवाजभाईलाई सहयोग जुटाई शल्यकृया गराउन मद्दत ग¥यौं, यो काममा हामी लायन्स क्लब अफ भैरहवा बोहिमियन्स सिङ्गो परिवारनै लाग्यौ, यस्तो कामहरु गर्न पाउँदा आफैमा खुशीको अनुभुति हुन्छ’’ बोहिमियन्सका अध्यक्ष श्रेष्ठले भने ।
Get real time update about this post categories directly on your device, subscribe now.