- बिशन गुरूङ
भैरहवा ।
५ वर्षदेखि मृगौलामा समस्या देखिएका सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ भानुपथका ५० वर्षिय प्रविण कुमार परियारको उपचारमा आर्थिक अभाव भएको परिवारले बताएका छन् ।
‘‘२०७३ सालमा पेट फुले पछि भैरहवाको मेडिकल कलेजमा परीक्षण गर्दा मुटुको समस्या देखियो । औषधि उपचारले मुटुको समस्या कम भयो । पछि पुनः परीक्षणका लागि अस्पताल जादा मुटु समस्यासंगै मृगौलामा खराबी देखिएको थियो ।’’ प्रविण भन्छन् ।
दुबै मृगौला बिग्रेको पत्ता लागेपछि डाइलासिस सुरु भयो, हप्ताको २ पटकसम्म ३ वर्ष डाइलासिस गरी सामान्य काममा फर्कन सुरु गरेका उनी २०७७ सालमा फेरी मृगौला बिरामीले सताए पछि समस्यामा छन् । ‘‘अहिले डाइलासिस गर्न पनि समस्या छ ।’’ उनले भने । उपचारमा आर्थिक समस्या छ, डाईलासिस निःशुल्क हुने भए पनि औषधि सुई महँगो छ । औषधिमा मात्र ५ दखि ७ हजारसम्म मासिक खर्च छ, र महिनाको अन्तिम हप्ता चेकजाँचको लागि १५ हजार रुपैयाँ लागिरहेको छ । घरको मूलीनै यस्तो अवस्थामा हुँदा खर्च जुटाउन धौ धौ भएको परिवारले बताउँदै सहयोगी हात र मनहरुमा उनिहरुले आग्रह गरेका छन् । यस अघि उनको उपचारमा लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले ५१ हजार, सुरज भण्डारीले ५१ सय र मुन्ना हिताङ्गले ५,१५५ रुपैयाँ सहयोग गरेका थिए । प्रविणको अहिले सिद्धार्थनगर सिटी अस्पतालमा हप्तामा दुई पटक डाइलासिस भइरहेको छ ।
याे पनि पढ्नुहाेस् मृगौला बिरामी परियारलाई लायन्स क्लबको सहयोग ।
Get real time update about this post categories directly on your device, subscribe now.