- मनोरञ्जन शर्मा
भैरहवा ।
मर्चवारका साढे ४ वर्षिय बालक आशिक अलीलाई अनौठो किसीमको रोग लागेको छ । सामान्यतया शरिरमा रगत बनेको १२० दिन पछि बिग्रन्छ । तर उनको शरिरमा १२० दिन अगावैै रगत बिग्रने गरेको छ । जुन कारणले गर्दा उनलाई प्रत्येक महिना रगत चढाउनु परेको छ । हेर्दा सामान्य जस्तै लाग्ने यो रोग क्यान्सर जस्तै देखिन्छ । बाल रोग बिशेषत्र डा. राजु काफ्लेका अनुसार अलिलाई सानै उमेरमा थलासेमिया रोग लागेको छ । यो एक किसिमको वंशाणुगत समस्या हुन सक्छ । ‘‘शरिरमा रगत बनेर कम्तिमा १२० दिन नबिग्रनु पर्ने हो, तर अलिको समय नपुग्दै रगत बिग्रने गरेको छ, जुन कारणले उनलाई प्रत्येक हप्ता अथवा दुई साता आवश्यकता अनुसार रगत दिइरहनु पर्छ ।’’ डा. काफ्लेले भने । ‘‘यसको उपचार संभव छ र यसका लागि बोनम्यारो ट्रान्स प्लान्ट गर्नु पर्छ ।’’ डा. काफले ले भने । अलिको अहिले भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । डा. काफलेका अनुसार अहिले साढे ४ वर्षका अलिलाई ६ महिना हुँदा देखिनै यो समस्या थियो ।
अलिका ४५ वर्षिय बुवा सैयद अलिका २ बहिनी छोरीको यस्तै प्रकृतीको रोगले पहिलानै ज्यान गुमाइसकेका छन् । ‘‘मैले १७ र १० महिनाको २ छोरी पहिलानै गुमाइसकेको छु, अब यो छोरालाई गुमाउन चाहन्न ।’’ अलिका बुवाले सैयदले भने । डाक्टरहरुले उपचार संभव छ तर कम्तिमा १५ देखि २० लाख रुपैयाँ लाग्छ भन्नु भएको छ । ‘‘अहिलेसम्म चार लाख रुपैयाँ भन्दा धेरै खर्च भइसकेको छ, आर्थिक अवस्था कमजोर रहेको छ, हामी गरिबहरुलाई उपचार गर्न पनि गाह्रो भएको छ ।’’ सैयदले भने ।
‘‘उपचारकै लागि भनेर मर्चवारबाट भैरहवा नजिकै बालापुरमा डेरा लिएर बसेको छु, खर्च जुटाउन मजदुरी गर्छु ।’’ उनले भने । अहिले सैयद परिवारलाई छोराको उपचारमा आर्थिक श्रोत कसरी जुटाउने भन्ने समस्याले पिरोलीरहन्छ । यस्तै रोगले २ छोरी गुमाइसकेका अलि परिवारलाई छोरा कसरी बचाउने भन्ने चिन्ता अहिले छ । उता बालक आशिकको बारेमा थाहा पाए पछि उपचारका लागि लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीको अग्रसरतामा बिभिन्न संघसस्था तथा व्यक्तिहरुले सहयोग जुटाउन थालेका छन् । उनको उपचारमा आर्थिक अभाव नहोस् भन्दै क्लबले अभियान सुरु गरेको लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीका अध्यक्ष गोबिन्द गिरीले बताए । अहिले भैरहवाका बालरोग बिशेषज्ञ डा. राजु काफ्लेले अलिको उपचारमा सहजीकरण गरिरहेको अध्यक्ष गिरीले बताए । डा. काफ्ले सहित यस क्षेत्रका अन्य चिकित्सकहरु पनि उनको उपचार सफल बनाउने अभियानमा लागि परेका छन् । क्लबले मंगलबार अन्तराष्ट्रिय बाल क्यान्सर दिवसको अवसर पारी आयोजना गरेको सचेतनामूलक कार्यक्रममा नेपाल बाल कल्याण संस्था र लायन्स क्लब भैरहवा ग्रीनसिटीले संयुक्त रुपमा ५१ हजार रकम सहयोग गरेका छन् । यसैगरी सिद्धार्थनगरका नगर प्रमुखले ५० हजार , डा. राजु काफ्लेले ४० हजार सहयोग गरेको अध्यक्ष गिरीले बताए । अन्य संघसस्था र सहयोगीहातहरुलाई पनि आग्रह गरेका छौं अलिको उपचारमा सहयोगका लागी गिरीले भने । सो कार्यक्रममा हरेक किसिमको क्यान्सर रोेगको उपचार नेपालमै सम्भब भएको हुँदा त्यसको पहिचान, पहिचान पछि उपचारको शुरुवातमा ढिलाई गर्न नहुने क्यान्सर रोग विशेषज्ञहरुले सुझाब दिएका छन् ।
लायन्स क्लब अफ भैरहवा ग्रीनसिटी र नेपाल बालकल्याण संस्थाको आयोजना तथा नेपाल क्यान्सर सहयोग समूहको प्राविधिक सहयोगमा भएको कार्यक्रम बाल क्यान्सर रोग विशषज्ञ डा. अन्जली पण्डितले क्यान्सर धनि गरिब जो सुकैलाई हुन सक्ने बताउँदै ‘‘क्यान्सर भयो भन्दैमा आत्तिने होइन, त्यसको उपचारमा लागि हाल्नुपर्ने र उपचार नेपालमै सम्भब छ, विदेश जानु जरुरी छैन ।
बोनम्यारोको ट्रान्सपलान्ट गर्ने नेपालकै पहिलो विशषज्ञ चिकित्सक समेत रहेकी डा. पण्डितले नङ र कपाल बाहेक शरिरको हरेक अंगमा क्यान्सर हुन सक्ने बताइन् ।
Get real time update about this post categories directly on your device, subscribe now.