• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Monday, May 12, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

तंग्रिँदै चेतन दाई

Shree News Ok by Shree News Ok
६ श्रावण २०७९, शुक्रबार ११:५२
1 min read
403 4
392
SHARES
768
VIEWS
  • मनोरञ्जन शर्मा
    भैरहवा ।


सञ्चार क्षेत्र होस् वा सामाजिक क्षेत्र अथवा पर्यटन सबैले चिनेको नाम हो, चेतन पन्त । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ६ दुर्गामन्दिर (राइसमिल) क्षेत्रमा बस्दै आएका पन्त दाई पछिल्लो समय समाचार लेखनमा भन्दा पनि पर्यटन अभियान्ताका रुपमा चिनिदै आएका थिए ।
बुद्धजन्मस्थल लुम्बिनीका साथै बुद्ध जिवनीमा आधारित रुपन्देही, कपिलवस्तु र नवलपरासीका बिभिन्न क्षेत्रको स्वदेश तथा विदेशमा बिभिन्न माध्यमबाट प्रचारप्रसार गर्दै हिड्ने काममा लाग्दै आएका थिए ।

आफ्नै खर्चमा देश विदेशका बिभिन्न स्थानमा गई बुद्ध, लुम्बिनी लगायतका विषयमा फोटो तथा वृत्तचित्र प्रदर्शन गर्दै प्रचार गर्नु उनको अभियाननै बन्दै गएको थियो । जुन सुकै माध्यमबाट प्रर्यटन प्रवद्र्धन गर्नु उनको उद्धेश्य हो । उमेरले तिन २० पुगिसकेका पन्त लुम्बिनी तथा बुद्ध जिवनीमा आधारित क्षेत्र तथा चराचुरुंगी र पर्यावातावरणको समाचारका लागि खुल्ला किताबका रुपमा रहँदै आएका छन् । उनि ति विषयका लागि समाचार श्रोत पनि हुन् ।

बुद्ध, लुम्बिनी, पर्यटन जस्ता विषयको प्रवद्र्धनका लागि भने पछि कहिले पनि पछि नपर्ने र सहकर्मीहरुलाई खोजीखोजी गर्नु पर्छ, हामीले नगरे कसले गर्छ, कर्म गर फलको आशा नगर भन्ने पन्त दाईलाई गत चैत महिनामा स्वास्स्थय परीक्षण गर्दा मुखको क्यान्सर जस्तो गम्भिर रोग रहेको थाहा भएको थियो ।

हामी एक धार्मिक भ्रमणका क्रममा गत चैतमा भारतको बिभिन्न क्षेत्रमा थियौं र फिर्ता आउँदा बिएचयु (बनारस विश्व विद्यालय) मा नियमित परीक्षणका लागि गएका थियौं र त्यही क्रममा चिकित्सकले मुखको माथिल्लो भाग (नाक)को बायाँ पट्टी मासु पलाएको र क्यान्सर हुन सक्ने चिकित्सकले बताएका थिए, पन्त दाईकी पत्नी गंगा भाउजुको भनाई थियो ।

चिकित्सकको कुरा सुन्दा त सुरुमा विश्वासै लागेन, किनकी त्यस अघि मुखमा सानो घाउ आउँदा भारत गुणगावको मेदान्ता अस्पतालमा परीक्षण गर्दा केही नभएको रिपोर्ट आएको थियो, त्यसैले विश्वास लागेन । पछि आफैले मुखमा छुदा मासु बढेको जस्तो देखियो, गंगा भाउजुले बताइन् । घर फिर्ता आए पछि केही दिनमै उहाँ बनारस जानु भयो र क्यान्सर रहेको प्रष्ट भयो । ‘‘तत्कालै उपचारमा लाग्नु पर्ने र ढिला गरे जे पनि हुन सक्ने चिकित्सकले बताएपछि बनारसमा वैशाखमै गएर उपचारमा लाग्यौं, नेपालको अस्पतालमा तत्कालै शल्यक्रिया संभव पनि नहुने र समय पर्खदा जे पनि हुुन सक्ने भएकाले बनारसमै उपचार गर्ने निर्णय ग¥यौं’’ । पन्त भाउजुले बताइन् ।

पन्त दाई त्यस्तो कुनै अम्बलि पनि होइनन्, नत मदिरानै पिउथे । तर स्वास्स्थयका बारेमा सधै सचेत रहन्थे । कहिलेकाही पानपराग र सुपारीका एक दुई टुकडा चपाउथे । तर त्यसरी कहिल्यै पनि दाईले धेरै पान पराग, गुटखा मदिरा खाएको कहिल्यै देखिएन । नत उहाँमा धुम्रपानकै अम्बल थियो । न त परिवारका कुनै सदस्य पूर्वजहरुमा क्यान्सर नै भएको थियो । सबै अचम्ममा छन् पन्तदाईलाई कसरी क्यान्सर भयो भनेर । अहिले शल्यकृया पछि भैरहवा आफ्नै घरमा स्वास्थ्य लाभ गरिरहेका पन्तदाईको स्वास्थ्यमा सुधार आएको छ । शल्यकृया पछि दाईको मुहार नै फेरिएको छ । सुरुमै शल्यकृया पछि किमो दिनु नपर्ने भन्ने थियो । तर चिकित्सकले कुनै खतरा लिन चाहेनन र उनिहरुले ५ वटा किमो पनि दिए र त्यसै बिच रेडियो थेरापी पनि भयो ।

दाईको स्वर अझै राम्ररी फुटेको छैन् । एक हप्ता अघि थप परीक्षण पछि घर आएका दाईले मोबाइलमा लेखेर देखाउदै भने, अब कोजाग्रत पूर्णिमाको दिन फेरी फलोअपका लागि बोलाएको छ, पहिला भन्दा धेरै सजिलो महशुस गरेको छु, आशा छ छिटै सञ्चो भएर नियमित काममा फर्कनेछु । दाईलाई अझै राम्ररी बोल्न मिल्दैन, मुखको शल्यकृयाका क्रममा माथिल्लो भागका आधा दर्जन दाँत निकालिएका छन्, अझै ६ महिना लाग्छ दाँत राख्न, दाईले ईशारा गर्दै बताए ।

हिम्मत र आत्म विश्वास बलियो बनाएका कारण नै दाई दिनदिनै तँग्रिंदै छन् । ‘‘बुवामा यति आत्मविश्वास बलियो थियो की किमो चढाउने काम सकेर अस्पतालबाट हामी बसेको घर (१ किलोमिटर) सम्म पैदलै आउनु भयो जादा पनि पैदलै हामी भन्दा पनि जोशका साथ हिड्नु हुन्थ्यो अहिले पनि त्यो जोश कायमै छ ।’’ बुवाको, दाईका जेष्ठ छोरा उत्सबले भने ।

पन्त परिवारका अनुसार अहिलेसम्म उपचारमा २० लाख बढी खर्च भइसकेको छ । बिरामी भए पछि अप्ठयारो पर्दो रहेछ, अझै क्यान्सर जस्तो रोग त कसैलाई नलागोस् गंगा भाउजुले आँखा रसिलो गरी बताउँदा यो समाचारदाताले पनि रसाएका आफ्ना आँखा औलाले मिचेका थिए ।
उपचारका लागि अहिलेसम्म कसैसित सहयोगको याचना नराखेका पन्तदाई अहिले भने प्रदेश सरकारले गंभिर प्रकृतिका बिरामी (मृगौला, मुटु रोग र क्यान्सर) लाई एक पटकका लागि २ लाख रुपैयाँ दिने भनेको सुनेको जनाउँदै प्रकृया के छ बुझिदिन आग्रह गरेका छन् । लामो समयसम्म पत्रकारिता तथा पछिल्लो समय लुम्बिनीका प्रचारक एवं अभियान्ताका रुपमा रहेका पन्तदाईलाई पत्रकारिता सम्बद्ध संघसस्था कसैले पनि आर्थिक त परै छाडांै उपचार कसरी भइरहेको छ भनेर सोधेका समेत छैनन् । पन्तदाईलाई पैसा भन्ँदा पनि मायाको खाँचो हो । जुन मायाले बिरामीलाई उर्जा, हिम्मत र आत्मविश्वास बलियो बनाउन मद्धत गर्छ ।

पैसाको पछि कहिले नदुगुरेका दाईलाई मायासंगै सकेको सहयोग गर्न आवश्यक छ । पन्तदाई हामी पत्रकारका लागि अभिभावकका रुपमा पनि रहेका छन् । यो समाचार दाताले पन्तदाईसंग समाचार सङ्कलनका क्रममा धेरै स्थानमासंगै गएका छन् । दुई पटक थाईल्याण्ड र एक पटक श्रीलंका पन्त दाईसंगै गएका समाचार दाता भारत र नेपालका धेरै ठाउँसंगै गई समाचार बटुलेको स्मरण छ । २०७८ सालमा पन्तदाई सित सल्लाह गरी संगै पोखरा जाने भनि कुरा भएको थियो र सिड मनि भनि ५ हजार रुपैयाँ छुट्याएका पनि थियौं । आशा छ दाई छिटै पूर्ण रुपमा सञ्चो भई पोखरा भ्रमण गर्नेछौं, पोखराका लागि छुट्याएको पैसा म सित सुरक्षित छ दाई छिटो निको हुनु । शिघ्र स्वास्थ्य लाभको कामना दाई ।
(चेतन पन्त न्यूज ओकेका सल्लाहकार सम्पादक समेत हुन्)

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?