- न्यूज ओके रिपोर्टर
भैरहवा ।
मायादेवी गाउँपालिका वडा नं. ४ बस्ने १३ वर्षिय बालक संघर्ष चौधरीको मृगौलामा समस्या देखिएको छ । चौधरीको दुबै मृगौलामा समस्या देखिएको पारिवारिक श्रोतले जनाएको छ । आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा समस्या भएको थाहा भए पछि भैरहवामा हालै खुलेको लायन्स क्बल अफ भैरहवा लिगेसीले आर्थिक सहयोग हस्तान्तरण गरेको क्लबको अध्यक्ष रविकान्त उपाध्यायले बताए ।
बालकको थप उपचारको लागि काठमाडौं पठाइएको छ । नेपालमा लायन्स क्लब स्थापना भएको ५१ वर्ष पुरा भएको अवसरमा मङ्गलबार क्लबले सहयोग रकम रु. ३० हजार बालक चौधरीको दिदी उषा चौधरीलाई डिष्ट्रिक ३२५ पि, नेपालका डिष्ट्रिक क्याबिनेट ट्रेजर विनोद खरेलले हस्तान्तरण गरेको क्लबका प्रथम उपाध्यक्ष राजन शुक्लाले बताए । क्लब स्थापना यसै महिना भएको थियो, र यो क्लबको पहिलो कार्यक्रम हो ।
Get real time update about this post categories directly on your device, subscribe now.