• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Monday, July 7, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

भिम अस्पतालमा न्यौपानेका ५ महिना २० दिन

Shree News Ok by Shree News Ok
१६ भाद्र २०७९, बिहीबार ०८:०९
1 min read
408 4
397
SHARES
778
VIEWS
  • मनोरञ्जन शर्मा
    भैरहवा ।


सरकारी अस्पताल भिमबाट बुधवार मात्रै अध्यक्ष पद छाडेका कुलप्रसाद न्यौपानेले ५ महिना २० दिन बढी त्यहाँ काम गरे । न्यौपानेले २०७८ फागुन २३ गते भिम अस्पताल विकास समितिको अध्यक्षको हैशियतले पदभार गरेका थिए । लुम्बिनी प्रदेश सरकारले फागुन १५ गते न्यौपानेलाई अध्यक्षको जिम्मेवारी दिएको थियो । न्यौपाने नेपाली काँग्रेसका युवा नेता हुन् ।

त्यसअघिका अध्यक्ष नारायण भण्डारी, जो नेकपा एमालेका हुन् । अघिल्लो सरकारले उनलाई अध्यक्षमा नियुक्त गरेको थियो । तर देशमा सत्ता समिकरण परिवर्तन भएसंगै उनि सहित १२ जिल्ला अस्पतालका अध्यक्षलाई सरकारले हटाएको थियो । ३ बर्षे कार्यकालको राजनैतिक नियुक्त पाएका भण्डारीले सरकारले पदमुक्त गरे लगत्तै अस्पतालमा पत्रकार सम्मेलन गरी सरकारले आफूलाई हटाएकोले नैतिकताको हिसाबले पनि पदमा बस्न नमिल्ने भन्दै बाहिरिएका थिए । कोभिडमा सहयोग गरेकाहरु केहीलाई दिनु पर्ने कदरपत्र प्रदान गर्दै अस्पताल कर्मचारीबाट बिदाई मालाखादा लगाई बाहिरिएका थिए ।

त्यसै बिचमा अन्य जिल्ला मध्येका एकले सरकारको कदम गलत भन्दै सर्वोच्च अदालतमा रिट हालेका थिए । सोहि रिटमा हटाइएकालाई काम गर्न दिनु भन्ने आदेश सर्वोच्चले गरेको थियो । तर प्रदेश सरकारले पुनः बहाली गर्ने सम्बन्धमा कुनै चासो नदेखाए पछि भण्डारीले अघिल्लो महिना सर्वाेच्च अदालतम बहाली हुन पाउ भन्दै मुद्धा हालेका थिए । सर्बोच्चको फैशला आउनु अघिनै प्रदेश सरकारले काम गराउनु भन्दै भदौ १२ गते नै भिम अस्पताललाई पत्र काट्यो । प्रदेश मन्त्रालयबाट आफै पत्र लिएर आएका भण्डारीले बुधबार फेरी पद बहाली गरेका छन् । उता सर्बोच्चले अर्का अध्यक्ष न्यौपानेलाई पनि उपस्थित हुन बोलाएको थियो । न्यौपानेले पनि रिट हालेका छन् । उनको मुद्धाको पेसी भदौ २८ गते रहेको छ ।

भण्डारी कसरी हटाइए ?

३ वर्षे कार्यकालको नियुक्ति पाएका भण्डारीले करिब ८ महिना जति काम गरे । २०७८ पुस २३ गते प्रदेश सरकारबाट २०७७ को प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नविकरण तथा स्तरउन्नोति (दोस्रो संसोधन) ले उनलाई पदमुक्त गरेको हो । उक्त ऐनको परिच्छेद (६) को नियम २५ मा उपनियम ३ थप गरी उपनियम (१) को खण्ड (क) र (ख) बमोजिम मनोनित अध्यक्ष र सदस्य तथा प्रदेश सरकारबाट स्वीकृत भएका अस्पताल विकास समिति गठन आदेशहरु बमोजिम प्रदेश सरकारबाट मनोनिति अध्यक्ष र सदस्यहरुलाई प्रदेश सरकारले आवश्यक ठानेमा जुनसुकै बखत हटाउन सक्नेछ । यही ऐनलाई टेकेर भण्डारीलाई पदमुक्त गरी न्यौपानेलाई अध्यक्ष बनाइएको हो ।

न्यौपानेले पनि यसै शंसोधित ऐन अनुसार नै अध्यक्ष बनाइएको हुँदा पदमा रही काम गरी रहन पाउनु पर्ने भन्दै रिट हालेका हुन् । ‘‘सरकारले संशोधन गरेको ऐन अनुसार मेरो नियुक्ति हो र यो कानून बिपरित नभएकाले भदौ २८ मा हुने फैसला मेरो पक्षमा आउने छ ।’’ न्यौपानेले बताए । उनले आफू पदको लोभि नरहेको बताउँदै आफू अघिका अध्यक्षले ठूलाठूला कुरा गरे पनि सानासाना काममा ध्यान दिन नसकेको र आफूले शौचालय तथा सरसफाई गर्ने जस्ता साना काम सुरु गर्दा सामाजिक सञ्जाल लगायतमा टिप्पडी गरेको बताउँदै अस्पतालको शौचालय मात्र होइन सरसफाईमा समेत ध्यान पूर्वक काम गर्न चुनौति दिए । ‘‘भण्डारीजिले आफैले आफ्नो सामाजिक सञ्जालमा मलाई अस्पतालको अध्यक्षमा नियुक्त भएकोमा सफल कार्यकालको शुभकामना र बधाई पनि दिएका हुन् । ४ महिना पछि अदालत जानु भयो, मलाई समेत जान बाध्य पार्नु भयो ।’’ न्यौपानेले भने । ‘‘ढिलो चाडो अदालतको फैसला मेरै पक्षमा आउछ ।’’ उनले दाबी गरे ।

५ महिना २० दिनमा के के काम गरे ?

न्यौपानेले आफू व्यवस्थापन समितिमा रहेर काम गर्दा थोरै समय भए पनि सुधारको प्रयास गरेको बताए । अस्पतालको सेवा प्रवाह र स्तर बृद्धिका लागि सक्दो प्रयास गरे, बुधबार अस्पतालबाट बिदा हुनु अघि सञ्चारकर्मीसंग उनले भने । ‘‘म जति दिन यहाँ जिम्मेवारीमा रहेर काम गरेँ, सधै अस्पतालको सेवामा समर्पित भएँ, आगामी दिनमा पनि रहने छु ।’’

सिमित कर्मचारीबाट बढी सेवा प्रवाहका लागि आफूले काम गरेको जनाए । ‘‘सेवाप्रवाहसँगै शौचालय सरसफाई, नाला सफाइलगायतका काम पनि भए ।’’ उनले भने । ‘‘सरसफाई सबैभन्दा महत्वपूर्ण कुरा हो, अस्पताल आउँदा दुर्गन्ध नहोस् भन्नेमा सचेत रहेर यसमा बढी ध्यान केन्द्रित भयो ।’’

उनले आफू व्यवस्थापन समिति अध्यक्षमा हुँदा आन्तरिक आय बृद्धि गर्नका लागि स्वास्थ्य बीमालाई प्रभावकारी बनाएको, सटर टेण्डर तथा आगामी वर्षमा गरिने कामहरुलाई व्यवस्थित तरिकाले गर्न–गराउन योजना बनाएर बजेट विनियोजन गरेको बताए ।
यस्तै, न्यौपानेले विशेषज्ञ सेवा प्रवाहका लागि विशेषज्ञ चिकित्सक राख्न बजेट बिनियोजन गरेको, अस्पतालको सेवा प्रवाहमा सहजता ल्याउन स्वास्थ्य उपकरण तथा जनशक्ति आवश्यक भएकाले प्रदेश सरकारसँग माग गरिएको जनाए । ‘त्यसपछि केही उपकरण र जनशक्ति थप गर्न बजेट पनि प्राप्त भइसकेको छ’, उनले भने, ‘यसबाट धेरै सहजता हुनेछ ।’

नाक, कान, घाँटी र छाला सम्बन्धी सेवा यही साउनदेखि सुरुवात गरिएको बताए । उनले आफूहरुको पहलमा सिटीस्क्यान मेसिन पनि केही समयमा जडान हुने तयारी भएको जनाए । थारु समुदायमा रहेको रोग सिकलसेलको परिक्षण गर्ने मेशिन ल्याएर परिक्षण भैरहेको छ, उन्ले भने । साना भए पनि कामहरु भएका छन् । अस्पतालबाट निस्किने फोहोर व्यवस्थापन गर्न तथा पार्किङ निर्माणका लागि सिद्धार्थनगर नगरपालिका मार्फत् एक करोड रुपैयाँ बजेट छुट्याउन सफल भएको, पटक–पटक कर्मचारीहरुबाट हुँदै आएको आन्दोलनलाई मत्थर पारी सेवा प्रवाहमा असर हुन नदिएको, लीलाराम–कुन्तीदेवी ट्रस्टद्वारा निर्माण गरिएको इमरजेन्सी भवन निर्माण गर्न पहल गरेको जनाए । त्यतिबेला आफु त्यहा सदस्य रहेको उल्लेख गर्दै सुनवलमा बन्ने भवन भिममा ल्याउन सफल भएको जनाए । आफू अध्यक्ष भएर आएपछि अत्याधुनिक प्रसूति भवन निर्माण प्रक्रिया अघि बढेको उनले बताए । ‘बजेट अभावमा चाहे जति काम हुन नसके पनि केही सुधारका प्रयास भने मेरो कार्यकालमा भए’, न्यौपानेले भने । उनले अस्पतालको स्तरीकरणका लागि आफू पदमा नरहे पनि निरन्तर खटेर काम गर्ने प्रतिबद्धता जनाए ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

भैरहवा वरपर

भैरहवामा कुकुरको बन्ध्याकरण शिविर सुरु

शिक्षा/ स्वास्थ्य

रूपन्देहीमा यस वर्ष एसईईमा २३४६० विद्यार्थी सहभागी हुँदै

शिक्षा/ स्वास्थ्य

रुपन्देहीका ५९ हजार किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइँदै

शिक्षा/ स्वास्थ्य

एसईई परीक्षा २०८१ को समय तालिका प्रकाशित, चैत्र ७ बाट १५ गते सम्म संचालन हुने

शिक्षा/ स्वास्थ्य

प्याब्सन सिद्धार्थनगर ले  ३४औं प्याब्सन स्थापन दिवस मनायो 

शिक्षा/ स्वास्थ्य

प्याब्सन रुपन्देहीको अध्यक्षमा दिपक खनाल निर्वाचित

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?