- न्यूज ओके रिपोर्टर
भैरहवा ।
लायन्स क्ल्ब अफ सिद्धार्थनगर युथ, लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेशनल, लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध, लायन्स क्लब अफ सिद्धार्थनगर सृजनशील लेडी र जयसवाल सेवा समितिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
जयसावल सेवा समितिको धर्मशालामा आयोजित रक्तदान कार्यक्रममा क्लबका अध्यक्ष सहित सदस्यहरु सहभागी थिए ।
उपचारका लागि अस्पताल पुग्ने विरामीहरुका लागि रगतको अभाव नहोस् भन्दै रक्तदान कार्यक्रम आयोजना गरेको लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका अध्यक्ष गौतम गुप्ताले बताए । रक्तदानमा रक्तदाताहरुलाई प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ पी नेपालका गर्भनर नवराज न्यौपानेले कदर पत्र प्रदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र रुपन्देही, भैरहवाको प्राविधिक सहयोग रहेको कार्यक्रममा २६ जनाले रक्तदान गरी २६ युनिट रगत सङ्कलन भएको रक्तदान कार्यक्रम संयोजक लायन्स क्लब अफ सिद्धार्थनगर युथका सचिव प्रशान्त श्रीवास्तवले जानकारी दिए ।
कार्यक्रममा डिष्ट्रिक्ट एडभाइजर अर्चित श्रेष्ठ, एरिया ५ का एरिया चिफ संगम न्यौपाने, जयसवाल सेवा समितिका अध्यक्ष लगायतको उपस्थिति थियो ।
तस्बीरः बिशन गुरूङ (न्यूज ओके)
Get real time update about this post categories directly on your device, subscribe now.