श्रीन्यूज ओके रिपोर्टर
- भैरहवा
विश्व मधुमेह दिवसको अवसरमा टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि. ओमसतिया–१, रुपन्देहीको आयोजना, युवा तथा सामाजिक उपसमितिको संयोजन तथा सामुदायिक स्वास्थ्य इकाई ठुटीपिपलको प्राविधिक सहयोगमा मधुमेह परीक्षण स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।
संस्थाले समुदाय प्रति चासो राख्दै आफ्ना सदस्य तथा सर्वसाधारणलाई लक्षित गरी नियमित रुपमा निःशुल्क खुला स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको सन्दर्भमा यस पटक मधुमेह (सुगर) परीक्षण शिविर निःशुल्क रुपमा राखिएको सस्थाका अध्यक्ष डी.बि. थापाले बताए ।
कार्यक्रममा प्रमुख अतिथि क्रिमशन अस्पताल तिलोत्तमाका चिकित्सक डा. रणधीर यादव तथा विशिष्ट अतिथि ओमसतिया गाउँपालिका स्वास्थय शाखा प्रमुख दिपक ज्ञवालीले शुभकामना दिने क्रममा मधुमेह रोग बारे जनचेतनामूलक विषयवस्तु माथि प्रकाश पारेका थिए । कार्यक्रममा स्वास्थ्य इकाई प्रमुख केशव पराजुली, नेफ्स्कून कार्यक्रम अधिकृत मनोज खड्का, नेफ्स्कून फिल्ड कार्यालय बुटवल प्रमुख छत्र प्रसाद धमला तथा राष्ट्रिय सहकारी बैंक भैरहवा शाखा प्रबन्धक आलोक सिवाकोटीको आतिथ्यता रहेको थियो ।
आयोजक संस्थाको युवा तथा सामाजिक उपसमितिले संयोजनमा गरिएको यस शिविरमा सञ्चालक, सल्लाहकार, उपसमिति र कर्मचारी लगायत गरि सर्वसाधारण १९८ जनाले निःशुल्क सेवा लिएका थिए । कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक गिरिजा शाही ठकुरीको र कार्यक्रम सञ्चालन मुख्य प्रबन्धक लक्ष्मण कुमार थापाको रहेको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.