- श्रीन्यूज ओके रिपोर्टर,भैरहवा,
१९ औँ महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले महिला स्वयमसेबिकाहरु लाई सम्मान गरेको छ।
सिद्धार्थनगर नगरपालिकाको कार्यालयले १९ औँ महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरमा रहेका स्वयंसेविकाहरुलाई सम्मान गर्नु का साथै झोला र छाता प्रदान गरेको छ।‘महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्धनमा हाम्रो एक्येबद्धता’ को मुलनारा सहित स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो ।
नगरको १३ वटा वडामा रहेका एक सय जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगर प्रमुख ईश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले एक कार्यक्रमका बीच झोला र छाता प्रदान गरे ।
नगर प्रमुख ईश्तियाक अहमद खानले महिला स्वास्थ्य स्वयंसेविकाहरु माग जायज रहेको र मागहरु सम्बोधन गरिने बताए । उनले आफ्नै घर र परिवारका सदस्यको रुपमा सेवा गर्दै आएको भन्दै स्वयंसेविकाहरुलाई धन्यवाद व्यक्त गरे । उनले स्वयंसेविकाहरुले पाउने रकम केही नभएको भन्दै अगामी बजेट मार्फत समस्याहरु समाधन गरिने र अझ सेवाको भावनाले काम गर्न आग्रह गरे ।
उपप्रमुख उमा अधिकारीले स्वयंसेविकाहरु चलायमन भए नगरका बालबालिकाहरु चलायमन हुने भन्दै नगरपालिकाको कार्यालयले स्वयंसेविकाहरुलाई साथमा लिएर अघि बढ्ने बताइन् । उनले महिला सुत्केरी कार्यक्रम प्रभावकारी ढंगले संचालन गर्ने गरी अध्ययन भइरहेकोले छिट्टै नै उक्त कार्यक्रम पनि संचालन हुने बताइन् । राज्यले स्वयंसेविकाहरुलाई प्रदान गर्नुपर्ने सुविधा कमी नै रहेको भन्दै अगामी दिनमा समस्याहरु सम्बोधन गर्दै लगिने उनले बताइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवालाई नगरपालिकाले उच्च मूल्याकंन गरेको भन्दै देखिएका समस्याहरु समाधान गर्दै अघि बढ्ने बताए ।
झोलामा स्वास्थ्य साम्रगी राख्न र मौसम अनुकुल छाताको प्रयोगका लागि स्वयंसेविकाहरुलाई झोला र छाता वितरण गरिएको सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख गिता न्यौपाने पोखरेलले बताइन्। कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका दिलकुमारी कुवँरले महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो दायित्व पुरा गर्दै आइरहेपनि सेवा सुविधामा कमी भएको गुनासो पोखिन् । वडाहरुको टोल स्तरसम्ममा स्वयंसेविकाहरु खटिएर स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएका आइरहेका छन् ।
कार्यक्रममा वडा नम्बर ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठ, ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे, शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, शिक्षा शाखा अधिकृत जानह्वी पाण्डे, समाजिक शाखा प्रमुख यादव सापकोटा, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थित रहेको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.