श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
मायोदवी गाउँपालिकाको विभिन्न स्थानहरुमा प्रजनन् रुग्णता सम्बन्धी स्वास्थ्य शिविर आयोजना भएको छ । मायादेवी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा धमौली स्वास्थ्य चौकीमा शिविर आइतवार (पुस ४ गते) सम्पन्न भएको हो । गाउँपालिका अन्तर्गतका विभिन्न वडाहरुमा महिला प्रजनन् रुग्णता सम्बन्धी समस्या रहेको पाइए पछि शिविर सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभुनाथ चौधरीले बताए ।
गाउँपालिकाको वडा नं. ४ गुण्डी स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शिविर आयोजना हुँदा १४२ जना महिलाले सेवा लिएका थिए । उनीहरुको पाठेघरको मुखको क्यान्सर ,आङ खस्ने,फिस्टुला ,स्तन क्यान्सर लगाएता समस्याहरुका विषयमा जाँच उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो । महिला तथा प्रसुति विशेषज्ञ चिकित्सक सरस्वती श्रेष्ठले चेकजाँच गरेकी थिइन् । शिविरमा ५ जना महिलाको आङ खस्ने समस्याको रिङ्ग प्रेसरिबाट उपचार साथै ३० जना महिलाको भिआइए जाँच पोजेटिभ आएकोले थप परीक्षणको लागि सल्लाह दिँदै नियमित सम्पर्कमा रहन आग्रह गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रमुख देबीदिन चौधरीले बताए । ति महिला मध्ये केहिको गम्भीर समस्या पनि देखिएको र उनीहरुलाई तुरुन्तै विशेष उपचार गर्नु पर्ने अवस्था रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रकी सि.अ.न.मी. अनुराधाकुमारी चौधरीले बताइन् ।
तराईमा महिलाहरुको प्रजनन स्वास्थ्यको समस्या गम्भिर छ र यस्ता समस्या भएका धेरै महिलाहरु उपचारको दायरामा पनि आउन सकेका छैनन् , जिल्लमा रहेका सबै स्थानीय तहहरुले यस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राख्नु पर्ने देखिएको दिएको छ । परिवार नियोजन संघ बुटवलको प्राविधिक सहयोगमा सुरु भएको शिविर मायादेवी–१ को धमौली स्वास्थ्य चौकीमा समेत आयोजना भएको छ भने मङ्गलवार आधारभूत स्वास्थ्य सेवा केन्द्र, मायादेवी–२, पिपरहवामा हुने बताइएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.