- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
त्रिभुवन विश्वविश्वालयले पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म हिउँदे बिदा दिने निर्णय गरेको छ । विश्वविश्वालयले आउँदो पुस १७ गतेदेखि शिक्षक तथा विद्यार्थीलाई हिउँदे बिदा दिने निर्णय भएको जनाएको छ ।
गत पुस ३ गते बसेको त्रिविको कार्यकारी परिषद् बैठकले आगामी पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म हिउँदे बिदा दिने निर्णय गरेको छ । त्रिभुवन बिश्वबिद्धालयको‘सूचनामा भनिएको छ त्रिविका सम्पूर्ण आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागमा पूर्व व्यवस्थाअनुसार शिक्षक र विद्यार्थीहरुलाई दिइदैँ आएको हिउँदे बिदा यो वर्ष आ–आफ्नो निकायको अनुकूलता हेरि पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म दिनसकिने गरी स्वीकृति भएको सबैमा जानकारी गराउँछौँ ।
कोरोनाका कारण विगतमा हिउँदे बिदा समेत कटौती गरिएको थियो । २ वर्षसम्म हिउँदे बिदा नदिएको त्रिविले गत वर्ष बढीमा १० दिन मात्रै हिउँदे बिदा दिएको थियो ।
त्रिविले लामो समयपछि स्ववियु चुनाव पनि गराउन खोजिरहेको छ । फागुन २८ गते चुनाव गर्ने गरी त्रिविले तयारी अगाडि बढाएको छ । जसले गर्दा पनि यो वर्षको बिदामा समेत कडाइ गरिएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.